-
काठमाडौं : मङ्सिर १८ गते बिहीबार ।।
-
जनप्रभाव – सम्बादाता
डीउटीबाटै युवतीसँग गायव भए भनिएका डीएसपी भरतराज चौधरी निलम्बनमा परेका छन् । उनी ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीकाका तत्कालीन डीएसपी हुन् । डीउटीबाट हराएका चौधरी लामो खोजीपछि बुढीतोलाको एक होटलमा युवतीसंग समातिएका थिए ।
त्यसपछि अनूशन्धानमा तानिकाएका चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै गृहमन्त्रालयले निलम्बन गरेको हो । उनीमाथि लागेका आरोमाथि थप अनूशन्धान हुने बताइएको छ ।
घटनाबारे प्रहरी भित्रै दुइ तर्क भइरहेका छन् । एक पक्षले युवतीसँग नभइ उनी मोवाइलमा नेटवर्क नआउने ठाउँमा रहेकाले सम्पर्क हुन नसकेको बताउछन् भने अर्को पक्षको प्रहरी श्रोतले युवतीसँगै रंगेहात समातिएको बताएको छ । यद्यपि घटनाका बारेको प्रतिवेदनमाथि अध्यायन अनूसन्धानपछि यथार्थ पत्तो लाग्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सो घटनाका सम्बन्धमा सुदूरपश्चिम प्रदेश प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाको नेतृत्वमा अनूसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !