-
काठमाडौं : मङ्सिर १७ गते बुधबार ।।
-
जनप्रभाव : सम्बादाता
आज बुधबार तनहुँमा पुल उद्घाटन गर्ने जाने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको तीव्र आलोचना गरेका छन्।
गणतन्त्रको विरोध गर्दै राजावादीहरू देशव्यापी गरिरहेको प्रदर्शनमा सरकार मौन बसेको आरोप लगाएका छन्। तर, गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार गरेको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।
तनहुँमा पुल उद्घाटन गर्न सत्ताधारीहरूकै अवरोधलाई लिएर दालमा कालो देखिएको तर्क गरेका छन्।
‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार? प्रधानमन्त्री केपी शर्मा ओली सरकारको के हो चाला?’ उनले भनेका छन्, ‘रामचन्द्र पौडेल कै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !