-
काठमाडौं, २०७७ मङ्सिर १७ गते बुधबार ।।
-
जनप्रभाव : सम्बादाता
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने सिन्धुपाल्चोक बासबारी-६ घर भएका ३१ को अमिर भन्ने अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं बस्दै आएका काभ्रेपलाञ्चोक शिखर अम्बोटे घर भएका १९ वर्षीय युवकलाई काठमाडौं महानगरपालिका-१० मा २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका व्यक्तिहरुमध्येका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिक-१२ टेकुबाट पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !