- सिरहा : मङ्सिर १७ गते बुधबार ।।
- जनप्रभाव : सम्बादाता
बालविवाह तथा दाईजो प्रथा न्युनिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा नगरपालिका वडा नं. ९ गुलेरिया स्थित समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा संचालित सहज परियोजना र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त आयोजनामा उक्त वडाको वडा सदस्य राज किसोर महतोको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय
सिरहाको प्र.स.नि. अम्बिका राई तथा प्रहरी जनशक्तिहरु, सामुदायिक सेवा केन्द्र सिरहाका कोषाध्यक्ष ब्रहमदेव साह, समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा संचालित सहज परियोजनाका सहजकर्ता सरस्वती देवि साहज्यु, स्थानिय महिला समुह तथा किशोरीहरु समेत गरी अं. २५/३० जनाको उपस्थितीमा “२९ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान” मा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तरगत “बालविवाह तथा दाईजो प्रथा न्युनिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम” रहेको थियो ।
उक्त कार्यक्रममा प्र.स.नि अम्बिका राईले बालविवाह तथा दाईजो प्रथाबाट हुने असर, न्युनिकरणका उपाय सम्बन्धी सचेतना जानकारी तथा कानुनी प्रावधान सम्बन्धी समेत जानकारी दिनु भई, उपस्थित अतिथिज्युहरुले समाजिक अवस्था र समाजबाट बालविवाह तथा दाईजो प्रथा न्युनिकरण कसरी गर्ने बिषयमा जानकारी दिनु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !