- नवलपरासी : मंसिर १६ गते मंगलवार .
- संजाल कुशवाहा
दोहरो नागरिकता लिएर नेपाल बस्दै आएका नेपाल कम्युनिस्ट पार्टीका नेता कृष्ण जीवन तिवारी दाेहराे नागिरक रहेको खुलासा भएको छ।
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. ५ दुबैलियामा बस्दै अाएका नेता तिवारी दाेहराे नागिरक रहेको तथ्य फेला परेको छ ।
साबिक बडहरा दुबाैलिया गाबिस वडा नं.२ बडसार हाल सरावल गाउँपालिका वडा नं. ६ रामपुर खडाैना टाेल बडसारमा अस्थाई बसाेबास गरेको घर र जन्म देखाई २०६३ फाल्गुन १ गते नागरिकता प्रमाण पत्र नं. ३६३०६३/७२ काे टाेलि मार्फत तिवारीले नागरिकता बनाएकाे तथ्य फेला परेको छ।
साबिक बडहरा दुबाैलया गाबिस निवासी ललिता तिवारी सँग विवाह गरि २०६३ सालमा खटेको नागरिकता टोलीमा नेपाल सरकारको जन्मकाे अधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।
तिवारी भारतकाे महराजगंज ब्लाक नाैतनवा ग्रामपन्चायत जिगिनिहवाबाट पनि भारतीय नागरिकता लिएकाे तथ्य फेला परेको छ।तिवारी भारतमा २१८७४०७९८४१६ काे रासन कार्ड तथा भारतीय मददाता Hsm २५९२४५९ रहेको प्रमाण फेला परेको छ।
नेपाल सरकारबाट जन्मकाे अधारमा नागरिकता लिएका तिवारी भारतीय नागरिकको प्रमाणपत्र त्यागेका छैनन् । उनको हालसम्म भारतीय मतदाता सूचना केन्द्रमा नामावली रहेको छ । उनी भारत र नेपाल दुबै देशका नागरिकता लिएर नेपालमा बस्दै आएका छन ।
दोहरो तथा फर्जी प्रमाण पुरा गरि नागरिकता प्राप्त लिएको अधारमा जिल्ला प्रशासन कार्यालय नवलपरासीमा उजुरी परेको र जिल्ला प्रशासन कार्यालयले २०७६ साउन १४ गते चलानी नम्बर ३४१ बाट वडा नं. ५ मा छानविनकाे लागि पत्र पठाएको थियाे ।
साे पत्रकाे अधारमा २०७६ भदौ १२ गते वास्तविक नागरिकता नम्बर ३६३०६३/७२ रहेता पनि वडाले ६३०३६३/७२ नागरिकता नम्बरकाे मुचुल्का उठाई वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीमा पत्र पठाएको हाे।
दोहरो तथा फर्जी प्रमाण पुरा गरि नागरिकता प्राप्त गरेकाहरुलाई जिल्ला प्रशासनले छानविन गरि कारवाही गर्नुपर्नेमा केन्द्रीय नेताकाे निर्देशनमा प्रशासनबाटै दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको पाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !