-
काठमाडौं : मङ्सिर १६ गते मंगलवार ।।
-
जनप्रभाब – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का नेता घनश्याम भुसालले सम्हालेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले भिटामिनका नाममा पानी बिक्री गर्न अनुमति दिएर किसानमाथि गद्दारी गरेको विषय प्रकाशमा आएको हप्तौं बितिसक्यो । व्यवसायीको प्रलोभनमा परेर गम्भीर अपराध गरेका शर्मा कारबाहीको दायरामा आउने पीडित किसानको अनुमान थियो । तर उनीमाथि कारबाही अघि नबढेपछि पीडित किसानहरू आफैं अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ढोका ढक्ढकाउन पुगेका छन् ।
भारतीय औषधि उत्पादन कम्पनी ग्रोवल एग्रोभेट प्रालिले कुखुराका लागि उत्पादन गरेको गुणस्तरहीन भिटामिन बिक्री वितरण गर्न अनुमति दिने विभागका महानिर्देशक शर्मा र अनुमति लिएर किसानमाथि ठगी गर्ने यमुना भेट डिष्ट्रिव्युटर्सका सञ्चालक यज्ञराज ढकाल दुवैमाथि कारबाही गर्न देशभरका पीडित किसानले ०७७ मंसिर ३ गते उजुरी दिँदै अख्तियार गुहारेका हुन् । पीडित किसानले भिटामिन गुणस्तरहीन रहेको प्रमाण पनि अख्तियारलाई बुझाएका छन् ।
-
यस्तो छ गुणस्तरहीन भिटामिनको कथा
भिटामिनमा निश्चित तत्वहरू हुनुपर्छ । यदि त्यसमा आवश्यक सबै तत्व छैनन् भने त्यो बिक्री–वितरणका लागि अयोग्य हुन्छ । तर व्यवसायीसँगको मिलेमतोमा विभागका महानिर्देशक शर्माले कुखुराको वृद्धि विकासमा प्रयोग हुने ‘ग्रोभिट ए’ नामको भिटामिन प्रक्रिया मिचेर बिक्री गर्न अनुमति दिएका थिए । ग्रोभिट भारतीय औषधि उत्पादक कम्पनी ग्रोवल एग्रोभेट प्रालिको उत्पादन हो । यसको नेपालस्थित आधिकारिक बिक्रेता यमुना भेट डिष्ट्रिब्युटर हो । यमुनाका सञ्चालक यज्ञराज ढकाल हुन् । उनी नेपाल पशुपंछी औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । तर उनैले सञ्चालन गरेको डिष्ट्रिव्युटर्सले पानी मात्र भएको गुणस्तरहीन भिटामिन बेचेको भेटिएको थियो । ग्रोबलले उत्पादन गर्ने भिटामिन बढी प्रयोग हुनेमध्ये एक मानिन्छ ।
सामान्यता भिटामिनमा ‘ए प्लामिटेक’को मात्रा प्रतिमिलिलिटर १ लाख आईयू हुनुपर्छ । तर ग्रोबलले नेपालमा बिक्री वितरणका लागि पठाएको कुखुराको भिटामिनमा २६३६.१४६ आईयू (करिब २.६ प्रतिशत) मात्र देखाएको थियो । राजधानीस्थित सरकारी मान्यताप्राप्त ज्येष्ट ल्याबरोटोरिज एण्ड रिसर्च सेन्टर प्रालिमा गरिएको परीक्षणमा भिटामिनमा पानी मात्रै रहेको रिपोर्ट आएको थियो ।
-
ल्याब रिपोर्ट नबुझाई आयात
कुनै पनि फिड सप्लिमेन्ट, भिटामिन आयात गर्न उत्पादन गर्ने देशको मान्यता प्राप्त प्रयोगशालाको ल्याब रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । आयातकर्ताले पनि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालाबाट गुणस्तर प्रमाणित गरिएको ल्याब रिपोर्टसमेत समावेश गरेर निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । दुवैतर्फको ल्याब रिपोर्टको नतिजा सही आएपछि मात्र त्यस्तो सप्लिमेन्ट वा भिटामिन आयात गर्ने अनुमति दिइन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !