- काठमाडौं : मङ्सिर १४ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई सरकारले अस्वीकार गर्ने स्पष्ट पारे ।
मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !