Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ठेकेदारको लापरवाहीले सडक निर्माण अलपत्र , स्थानिय आक्रोशित

  • जनकपुरधाम : मङ्सिर १४ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

सर्लाहीको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शुरु गरेको काम निर्माण शुरु भएको लामो समय भइसक्दा पनि ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।

हालसम्म फुलजोरबाट बयलवाससम्मको चार किलोमिटर र त्यसभन्दा यता छ किलोमिटर गरी अहिलेसम्म जम्मा १० किलोमिटर मात्र सडक कालोपत्र भएको छ । कतै बजार क्षेत्र भएका कारण काम नभएको कतै इनार तथा विद्युत्का पोल रहेका कारण काम हुननसकेको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनी टुँण्डी आशिष सन्तोषी जेभीका ठेकेदार जीवन कँडेलले जनप्रभाबलाई जानकारी दिए ।

निर्माण शुरु भएको वर्षौँ भइसक्दा पनि ठेकेदारले बेवास्ता गरेका कारण सो क्षेत्रका स्थानीयवासी, यात्रु तथा पैदलयात्री धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । मर्मत तथा निर्माण नहुँदा सो सडकखण्डका विभिन्न भागमा ठुलाठुला खाल्डा परेका कारण सवारी साधन सञ्चालन गर्न समस्या हुने गरेको सवारी चालकहरुको गुनासो छ ।

सडकको निर्माण अगाडि बढाउन आफूहरुले पटकपटक सडक डिभिजन कार्यालय तथा हुलाकी सडक आयोजना कार्यालयलाई आग्रह गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताए । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि आफूहरुले पटकपटक छलफल गरेको तर ठेकेदारले बेवास्ता गरिरहेका कारण थप समस्या आएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जनप्रभाब न्यूजलाई जानकारी दिनुभयो ।

उनले भने, ‘यस सडकखण्डअन्तर्गत पर्ने स्थानीय निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित ठेकेदारसँग पटकपटक छलफल भयो, तर हाम्रो कुरा ठेकेदारले सुन्दैनन् । हामीले समन्वयात्मकरूपमा काम गर्ने हो । संघीय सरकारको बजेटमा आफूहरुको हात हुन्न, ठेकेदारले टेर्दैनन् ।’

टुँण्डी आशिष सन्तोषी जेभीले रु ८६ करोडको लागतमा फुलजोरबाट त्रिभुवननगरसम्मको २१ किलोमिटर ठेक्का सकारेको भए पनि अहिले ठेकेदार कम्पनीले फुलजोरबाट भेल्हीसम्मको मात्र काम गर्ने बताएको छ । आउँदो पुस ५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको भए पनि ठेकेदारकै लापरवाहीका कारण पुससम्ममा काम तीन भागको एक भाग पनि नसकिने अवस्था देखिएको छ ।

निर्माण सामग्री अभाव र आफैँसमेत कोरोना सङ्क्रमित भएका कारण काम प्रभावित भएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले जानकारी दिए ।

यता ठेकेदार कँडेलबाट पटकपटक निर्माणलाई निरन्तरता दिने आश्वासन पाएका स्थानीयवासी ठेकेदारको दोस्रो आश्वासन पनि पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग अरु केही नभई समयमै निर्माण सम्पन्न गर्नु भन्ने मात्र रहेको बताएका छन् ।

ठेकेदार सम्पर्कमा नआउने, समयमै काम शुरु नगर्ने गरेका कारण सडकमा सवारी आवागमन रोकेर आन्दोलन गर्न बाध्य भएको स्थानीय धनकुमारी श्रेष्ठले बताए । स्थानीय सरकारका प्रमुखको पनि फोन नउठाएका कारण आफूहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको मिक्की लामाले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh