- काठमाडौं : मङ्सिर १४ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
प्रहरीका दुई प्रहरी उपरीक्षक ( एसपी ) र एक प्रहरी नायव उपरीक्षक ( डिएसपी ) लाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले प्रक्रिया अगाडि बढेको छ। प्रदेश ट्राफिक कार्यालय कर्णाली छिन्चु सुर्खेतमा अनियमितता गरेको आरोपमा एसपीद्धय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकेर कारबाही प्रक्रिया अगाडि बढाइएको हो भने ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरतराज चौधरी डिउटी समयमा कार्यालयमा नभेटिएपछि निलम्बनमा पर्न लागेका हुन। कानून शाखाले तिनै जना प्रहरी अधिकारीमाथि कार्वाहिको प्रक्रिया अगाडि बढाएको छ। एसपीद्धयलाई पैसा पुर्याउने अन्य प्रहरी कर्मचारी अहिले पनि बयानकालागी १ नम्बर गणमा छन।
कारबाही सिफारिस भएका दुवै एसपी खराब ट्रयाक रेकर्ड भएका अधिकृत हुन् । एसपी यादवमाथि पटक–पटक विभागीय कारबाही भएको छ । दुई वर्षअघि सिन्धुली प्रहरी प्रमुख छँदा पनि उनी घुसकाण्डमा परेका थिए ।राजमार्गमा पैसा उठाउन झोला नै दिएर प्रहरी खटाउने गरेको पुष्टि भए पनि त्यतिवेला सामान्य कारबाही गरेर उनलाई उन्मुक्ति दिइएको थियो । इन्स्पेक्टर हुँदा रुपन्देहीमा लागुऔषध कारोबारीसँग पैसा लिएको पुष्टि भएपछि उनी निलम्बनमा परेका थिए । त्यतिवेला पनि सामान्य कारबाही गरेर जागिरमा फर्काइएको थियो ।
एसपी बस्नेत पनि विगतमा पटक–पटक छानबिनमा परेका थिए । यसअघि गोरखामा छँदा केही महिनामै उनलाई हटाइएको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका बस्नेत हरेक पोस्टिङमा विवादमा पर्दै आएका छन् ।
एसपीद्धयले मातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रकम उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको हो। स्रोतका अनुसार प्रदेशका सबैजसो ट्राफिक कार्यालयबाट एसपीद्धयले पैसा उठाउने गरेको प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गतको उजुरी छानबिन शाखाले पुष्टि गरेपछि कार्वाही अगाडि बढाएको हो। एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय, सुर्खेतमा थिए । उनीभन्दा अगाडि एसपी बस्नेत त्यहाँ कार्यालय प्रमुख थिए ।
दुवै एसपीसँग बयान लिएर उजुरी छानबिन शाखाले कारबाहीका लागि कानुन शाखामा प्रतिवेदन बुझाएको छ ।‘तत्काल निलम्बन गर्नुपर्ने अवस्था देखिन्छ, छानबिनमा आबद्ध एक प्रहरी अधिकृत भने, प्रहरीलाई धक्काएर पैसा बुझाउन लगाउने गरेको पुष्टि भएको छ । सडकका पोस्टहरूमा समेत मासिक पैसा बुझाउने सर्तमा उनीहरूले ट्राफिक खटाउने गरेको छानबिनमा देखिएको छ ।
डिएसपी चौधरी अघिल्लो साता कावाृहीकालागी जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएका छन। उनलाई निलम्वन गर्न प्रदेश कार्यालयले मुख्यालयमा सिफारिस गरिसकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !