- काठमाडौं : मङ्सिर १३ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि बहादुर पालले इमान्दार, सक्षम र उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरुबाट मात्रै आम नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने हुँदा कानूनको सर्वोच्चता र नागरिकको सर्वोपरितालाई केन्द्रविन्दुमा राखेर प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को निरीक्षण एवं अवलोकन पश्चात जिल्ला अन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका वियषमा निर्देशन सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !