Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

के–के कुरा भयो भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणमा

  • काठमाडौं : मङ्सिर १२ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगला बिहीबार नेपाल आएलगत्तै उच्चस्तरीय भेटघाटमा व्यस्त रहे । शुक्रबार काठमाडौंको सोल्टी होटल, गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किंदैछन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा काठमाडौं आएका उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए ।

  • ती भेटवार्तामा भएका कुराकानीको सार यस्तो छ–

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले समकक्षी भरतराज पौडेलसँग दुईपक्षिय भेटघाट गरे । सो भेटमा समग्र द्विपक्षीय सम्बन्धको पुनरावलोकन भयो । साथै, व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, इनर्जी, संस्कृति, कृषि, लगानी लगायतका विषयमा कुराकानी भयो ।

उनीहरुको बिचमा नेपाल र भारतबीच लामो समयदेखि रहेको सांस्कृतिक र सभ्यताको सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा समेत कुराकानी भयो । भेटमा भारतीय विदेश सचिवले भारतको बजार र अर्थतन्त्रबाट सकेसम्म बढी फाइदा लिन नेपाललाई आग्रह गरेका थिए ।

दुई मुलुकले कनेक्टिभिटी र भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा अहिलेसम्म भएका प्रगतिहरुको समीक्षा गरे ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दुई देशको बिचमा रहेको सीमा विवाद र प्रवुद्ध समूहको प्रतिवेदनको विषयमा भारतीय विदेश सचिवसँग स्पष्ट कुरा राखे । उनले ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा नेपालले सीमा विवादको समाधान गर्न चाहेको सन्देश दिए ।

कोभिड–१९ को सम्बन्धमा दुई मुलुकको बिचमा सहकार्य गर्ने र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा छलफल भयो । भारतले दुई हजार थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण ग¥यो र कोभिडको खोप बनेपछि नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन भारतले दियो । सबैभन्दा बढी खोप उत्पादन गर्न लागेको जानकारी भारतीय विदेश सचिवले दिएका छन् ।

दुई देशको बिचमा नक्सा विवादको बारेमा पनि कुराकानी भयो । नेपाली पक्षले सबै भेटमा यो विषय उठायो । भारतीय पक्षले यो विषय वार्ता मार्फत् राजनीतिक तहमा समाधान गर्ने जवाफ दियो । यो विषय वार्ताको टेबलमा प्रवेश गरेको छ । अब हुने परराष्ट्रमन्त्री स्तरीय बैठकमा यो विषयमा ठोस कुराकानी हुने अपेक्षा छ । तर यस अगाडि जस्तो ठोस रुपमा सुस्ता र कालापानीको विषयलाई भने विज्ञप्तिमा उल्लेख गरिएन ।

भारतले नयाँ दिल्लीमा आयोजना हुने परराष्ट्रमन्त्री स्तरीय बैठकको लागि नेपाललाई निम्तो दिएको छ । मन्त्री ज्ञवाली डिसेम्बर दोस्रो साता बैठकमा भाग लिन दिल्ली जाने छन् । दुवै देशका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने संयुक्त कमिसनको बैठकले सबै द्विपक्षीय विषयमा छलफल गर्नेछ । सो कमिसनको पछिल्लो बैठक सन् २०१८ मा काठमाडौंमा भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई सुधार गर्न चाहेको र उच्च तहमा भ्रमण आदान प्रदान गर्नुपर्छ भनी पठाएको सन्देश भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाए । ओलीले पनि आफू भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन चाहेको सन्देश दिए । प्रधानमन्त्री ओलीले सीमा विवाद वार्ताद्वारा समाधान गर्न चाहेको स्पष्ट सन्देश भारतलाई दिए । ओलीले भारतसँगका इनगेजमेन्ट उच्च तहमा बढाउन चाहेको धारणा व्यक्त गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा पनि सीमा विवादको विषयमा कुरा भयो । भेटमा भारतीय विदेश सचिव श्रृंगलाले दुई देशको बिचमा विगत एक वर्षमा केही समस्या देखिएकोबारे आफूलाई जानकारी भएको र त्यसलाई वार्ताबाट नै समाधान गर्नुपर्ने बताए । भारतीय विदेश सचिवले भारतका राष्ट्रपतिले नेपालका राष्ट्रपतिलाई पठाएको सन्देश सुनाएका थिए ।

द्विपक्षीय भेटवार्तामा पञ्चेश्वर परियोजनालाई पनि अगाडि बढाउने विषयमा छलफल भयो । अब पञ्चेश्वरको डिपिआरका बाँकी विषयमा कुराकानी अगाडि बढ्ने अधिकारीहरु बताउँछन् ।

भारतीय विदेश सचिवले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग पनि भेटघाट गरेका छन् । देउवाले दुई देशको बिचमा उच्च राजनीतिक तहमा संवाद आवश्यक भएको बताए । भेटमा देउवाले रामचन्द्र पौडेल र कृष्ण सिटौलालाई पनि आमन्त्रण गरेका थिए । देउवाले भेटमा पञ्चेश्वर परियोजनाको विषयलाई बढी जोड दिएका थिए ।

भेटमा भारतीय पक्षले कोभिडको अति संकटको समयमा पनि नेपालसँगको सप्लाई प्रणालीमा कुनै पनि समस्या आउन नदिएको नेपाली पक्षलाई बताएको थियो ।

सबै भेटमा भारतीय विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता–जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरुको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिए ।

शुक्रबार भारतीय विदेश सचिवले नेपाल–भारत सम्बन्धमा एक प्रवचन दिने छन् ।

त्यसपछि गोरखामा भारतीय सहयोगमा निर्माण भएको आवासहरुको हस्तान्तरण सम्बन्धी एक कार्यक्रममा उनी सहभागी हुन गोर्खा जिल्ला जाने कार्यक्रम छ ।

त्यसैगरी भारतीय सहयोगमा मनाङमा निर्माण भएको एक गुम्बाको काठमाडौंबाट नै उनले उदघाट्न गर्नेछन् ।

दुई देशको बिचमा उच्च तहमा भ्रमणको आदान प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो जुन केही महिनामा प्रधानमन्त्रीकै तहमा हुनसक्छ ।

त्यसैगरी नेपाल र भारतको विचमा एयर बबल उडानको विषयमा पनि कुराकानी भएको थियो ।
सुरक्षाको विषयमा एक अर्काको संवेदनशीलतालाई सम्मान र सम्बोधन गर्ने विषयमा पनि कुराकानी भएको थियो । यस विषयमा विस्तृतमा केही बताइएको छैन ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh