नेपाल प्रहरीका प्रवक्तामा एसएसपी कुँवर




  • काठमाडौं : मङ्सिर ११ गते बिहीबार ।।
  • जनप्रभाब : सम्बादाता


नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) बसन्त बहादुर कुँवरलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई आजबाट प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले आज जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार