- वागमती : मङ्सिर ११ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी कार्यालयमा कमान्डर वा प्रमुखलाई जवाफदेही बनाउन प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवाद कार्यक्रम शुरु गरेको छ । प्रहरी सङ्गठनभित्र सबैलाई थप जवाफदेही बनाउन र सबै तहका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग आफ्नो समस्या वा गुनासो राख्न सहजता होस् भन्ने उद्देश्यले टेलिफोन संवाद शुरु गरिएको हो ।
तल्लो तहका नेपाल प्रहरी कर्मचारीको गुनासो विभागीय रुपमा समाधान गर्ने उद्देश्यले सबै तहका कर्मचारीलाई प्रदेश प्रहरी प्रमुखसँग टेलिफोन संवादको व्यवस्थापन मिलाइएको प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिनुभयो । यो संवाद कार्यक्रमले सानो वा ठूलो तहका प्रहरी कर्मचारीले आफ्नो समस्या वा गुनासो आफू कार्यरत कार्यालयको प्रमुखबाट समाधान हुन नसके प्रदेश प्रहरी प्रमुखसँग सहजै रुपमा टेलिफोनमार्फत संवाद गर्न सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !