- काठमाडौं : मङ्सिर ११ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण कागजपत्र बरामद भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कालिमाटीको संयुक्त कारबाहीमा पक्राउ परेका ६ जना विप्लव समुहका कार्यकर्तामध्ये दुईजनाका साथबाट युद्ध भैरब गणका कागजपत्र बरामद भएको हो ।
परिसर स्रोतका अनुसार ७ मंसिरमा विभिन्न स्थानबाट प्रहरीले प्रेम चलाउने, तारा सञ्जेल, जीवन शाही, चन्द्र श्रेष्ठ, नवराज भट्ट र महेन्द्र सुनारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहीको नाममा युद्ध भैरब गण र सैनिक मुख्यालय जंगी अड्डाले जारी गरेका महत्वपूर्ण प्रमाण पत्र र कागजपत्र बरामद भएको हो ।
प्रहरीले जीवन शाहीका नाममा जारी भएको युद्ध भैरब गणमा सम्पन्न भिभिआइपी सुरक्षा तालिममा सहभागी भएको प्रमाणपत्र फेला पारेको हो । महासेनानी कलेन्द्र विक्रम लिम्बुको हस्ताक्षर र सैनिक छाप सहितको सो प्रमाणपत्र १ जनवरी २०१५ मा जारी भएको हो । प्रमाणपत्रको क्रमसंख्या नम्बर २५५८३४ रहेको छ ।
-
सैनिक मुख्यालयबाट जीवन शाहीका नाममा जारी भएको अनुभव पत्र ।
यस्तै शाहीका नाममा सैनिक मुख्यालय जंगी अड्डाको लेटर हेडमा जारी भएको अनुभव पत्र समेत बरामद भएको छ ।
४ मार्च २०१९ मा जारी भएको नेपाली सेनाको अनुभव पत्रमा उनले राजीनामा दिएको उल्लेख छ । पत्रमा उनले युद्ध भैरब गणमा कार्यरत रहेको र राजीनामा दिएको उल्लेख छ । सेनाको लेटर हेड र छाप रहेको सो पत्रमा शाहीको सैनिक नम्बर २६८९३९ उल्लेख गरिएको छ ।
आर्मी रेकर्ड अफिसबाट जारी पत्रमा महासेनानी सुरेशविक्रम कार्कीको हस्ताक्षर छ ।
प्रहरीले पक्राउ परेका श्रेष्ठ र शाही बिरुद्ध सरकारी छाप किर्ते दस्तखतमा मुद्दा अघि बढाएको छ । पक्राउ परेका अन्य चारजना चलाउने, सञ्जेल, भट्ट र सुनारका हकमा भने अभद्र ब्यवहारमा कारबाही भइरहेको परिसरले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !