Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन थन्कियो बालुवाटारमै सुन तस्करीको रिपोर्ट ?

  • काठमाडौं : मङ्सिर १० गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता

नेपालमा दुबईबाट हुने सुन तस्करीको कारोबार बैंकबाटै समेत हुने गरेको खुलेको छ । स्ट्यान्डर्ड चार्टड बैंकले तस्करीमा सघाउने गरेको एक छानबिनले देखाएको छ । ‘फिनसेन फाइल्स’ नामक अन्तर्राष्ट्रिय छानबिनले दुबईमा तस्करीको सुन किनबेच गर्नेहरुको नेपालीहरुले स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत कारोबार गरेको भेटिएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट प्राप्त कागजात अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ का शान्ति प्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् । उल्लिखित शेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष हुन् ।

तस्करीको सुन खरीदबिक्री गर्ने भनेर आरोप लागेको दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र ‘भिरेन ज्वेलर्स’ बाट नेपालमा सुन भित्र्याउने गरेका छन् । ९ माघ २०७४ मा तस्करी भएको साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले ‘भिरेन ज्वेलर्स’ बाट धेरैजसो सुन खरीद गरेर नेपाल ल्याउने गरेको जिल्ला अदालत मोरङमा बयान दिएका छन् । त्यसैगरी अर्को कम्पनी ‘कालोटी’ बाट तत्कालीन ललितपुर उप–महानगरपालिका–८, बालकुमारी ठेगाना उल्लेख भएको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले सुन ल्याएर ‘शंकास्पद कारोबार गरेको’ फिनसेनका गोप्य कागजातहरूले देखाएको छ ।

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले गरेको खुलासा अनुसार दुबईको कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी कम्पनीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वग्रस्त मुलुकहरूबाट सुन खरीद गर्ने काम गर्छ । यही कम्पनीबाट नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष समेत रहेका नेपाली व्यवसायी त्रिभुवनधर तुलाधरको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले नेपालमा सुन ल्याई बिक्री गर्ने गरेको छ ।

दुबईका यी कम्पनीहरूबाट नेपालमा भएको सुन कारोबार नेपालमा ‘३३ किलो सुन प्रकरण’ काण्ड पनि अन्तर्राष्ट्रिय तस्करीमा जोडिन पुगेको देखिन्छ । किनकि गोरेले सुन खरीद गर्ने दुबईको ‘भिरेन ज्वेलर्स’ र नेपाली कम्पनी ‘सास्ता’ ले सुन ल्याउने ‘कालोटी’ अन्तर–सम्बन्धित रहेको अनुसन्धानबाट देखिन्छ ।

यो अन्तर–सम्बन्ध थाहा पाउन ‘फिनसेन’ ले उल्लेख गरेका शंकास्पद कारोबार सम्बन्धी विवरणहरू केलाउनुपर्छ । फिनसेनका अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८, बालकुमारी ठेगाना उल्लेख भएको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले सुन खरीदका नाममा अमेरिकाको न्यूयोर्कस्थित स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ठूलो रकम नेपाल भित्राएको देखिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक न्यूयोर्क शाखाको समीक्षा भनेर ‘फिनसेन’ ले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता टे«डिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले २ अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५.२८ अमेरिकी डलर शंकास्पद कारोबार गरेका थिए ।

सोमध्ये ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर नेपालको सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ पटकमा न्यूयोर्कको स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत प्राप्त ग¥यो । जुन रकम न्यूरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डूमा रहेको सास्ताको खातामा जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।

तर पछि सोही रकम बराबरको अंक दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीलाई मात्रै बिस्कुट आकारको सुन र चाँदी आयातका लागि भन्दै २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा ३ करोड ७ लाख १८४ अमेरिकी डलर पठाइएको छ । बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो । फिनसेनले यसलाई शंकास्पद गतविधि सम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट प्राप्त कागजात अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका २७ का शान्ति प्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् । उल्लिखित शेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रीका अध्यक्ष हुन् । यसैगरी ‘फिनसेन’ ले शंकास्पद कारोबार गर्ने सूचीमा राखेको कालोटी र नेपालमा ३३ किलो सुन प्रकरण भनेर चिनिने तस्करी मामिलाको साइनो बुझ्न सो काण्डका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बयान हेर्नुपर्ने हुन्छ । उनले दिएको बयान अनुसार, नेपाल ल्याइने धेरै जसो सुन दुबईको देइरास्थित ‘भिरेन ज्वेलर्स’ बाट खरीद गरिन्थ्यो ।

प्रहरी अभियोग पत्र अनुसार, पाँच पटक नेपाल सुन ल्याउनेमा पनि ‘भिरेन ज्वेलर्स’ को नाम उल्लेख छ । जस अनुसार ३ फेब्रुअरी २०१६ मा १५ केजी, ४ मा ४ केजी, ८ मा ३८ केजी, ९ मा १५ केजी र १० मा १७ केजी गरेर जम्मा ८९ केजी सुन ल्याएको देखिन्छ ।

नेपालमा गरिएको सुन तस्करीमा याक एण्ड यती सुन पसलको समेत संलग्नता देखिएको थियो । याक एण्ड यती ज्वेलर्सले बिक्री गर्ने सुन पनि ‘भिरेन ज्वेलर्स’ बाट खरीद हुन्थ्यो । २०७३ सालमा बरामद भएको साढे ३३ किलो सुनको स्रोत ‘याक एण्ड यती ज्वेलर्स’ नै भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को दाबी छ ।

तस्करीकै क्रममा हराएको ३३ किलो सुन खोजी गर्ने क्रममा गोरेको समूहले १८ फागुन २०७३ मा उर्लाबारी–१ स्थित सोल्टी खोला किनारको जंगलमा करेन्ट लगाई यातना दिएर सनमको हत्या गरेको थियो । सनम, उर्लाबारीकै मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, विमानस्थलका कर्मचारी तक्ले भनिने पुण्यप्रसाद लामा लगायतलाई सुन लुकाएको आरोप लगाइएको थियो ।

याक एण्ड यती ट्राभल एजेन्सीको आवरणमा उनीहरूले हुण्डीको कारोबार चलाएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको थियो । यो समूहका अधिकांश व्यक्तिहरू २१ पुस २०७३ मा गौशालामा बरामद भएको साढे ३३ किलो सुन तस्करीको अर्को घटनामा पनि जोडिएका थिए त्यतिबेला एसएसपी श्याम खत्री तथा भन्सारका केही कर्मचारीहरू पक्राउ पर्नेदेखि तस्कर समूहभित्रै केही व्यक्तिको हत्या समेत भएको थियो । तर, सुन तस्करीको क्रम भने रोकिएन । सुन तस्करीको पैसा भने उनीहरूले हुण्डीबाट पठाउने गरेको विशेष टोलीका संयोजक रहेका सहसचिव ईश्वरराज पौडेल बताउँछन् । यो छानबिन प्रकरणको फाइल प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन् । नत्र सो गिरोहमा संलग्न ठूला व्यापारी, बैंकहरु समेत कारबाहीमा पर्ने देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh