- काठमाडौं : मङ्सिर ९ गते मंगलवार ।।
- जनप्रभाब : सम्बादाता
कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै वैदेशिक रोजगार विभागले दुई म्यानपावरमा आज छापा हानेको छ । वैदेशिक रोजगार विभागले एकै दिन दुई ठुला म्यानपावर कम्पनी एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स प्रा.लीमा छापा मारेको हो । धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको अवस्थामा विभागले छापा हानेको छ ।
दुई म्यानपावर कम्पनीले विभागबाट पुर्व स्वीकृतिनै नलिई अन्तर्वार्ता लिइरहेको पुर्व सूचनाका आधारमा विभागको टोलि अनुगमनमा पुगेको थियो । डीडी ह्युमन रिसोर्स म्यानपावरले एउटै ठुलो कोठामा सयौंको संख्यामा युवाहरुलाई राखेर तालिम समेत दिइरहेको थियो । कतार सरकारले २०२२ मा हुने वल्र्ड कपको लागि भनेर नेपालबाट कतार पुलिसका लागि ठुलो संख्यामा नेपाली लैजाने र आकर्षक तलव र सुविधा दिने भन्ने कुराले कतार पुलिसमा जान धेरै युवाहरु म्यानपावर कम्पनीमा धाइ रहेका देखिन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !