-
नेकपाको विवाद चर्र्किएको समयमा माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकारका साथ सुनुवाइमा राखिनुलाई कतिपयले प्रधानमन्त्री केपी ओलीले आफ्ना बिरोधीलाई तर्साउन खोजेको अर्थमा पनि लिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्दैआएका बरिष्ठ नेता नेपाललाई ललिता निवास जग्गा प्रकरणमा फसाउने र प्रचण्डलाई अख्तियार लगाउने दाउमा ।
-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चरम सीमामा पुगेको र पार्टी नै विभाजनको तहमा पुगेको बेला सर्वोच्च अदालतले माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकार दिएर आज सुनुवाई गर्दैछ ।
-
काठमाडौं : मङ्सिर ७ गते आइतबार ।।
-
जनप्रभाब न्यूज
बहुचर्चित ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाानेले दायर गरेको रिट निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतले गर्दैछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चरम सीमामा पुगेको र पार्टी नै विभाजनको तहमा पुगेको बेला सर्वोच्च अदालतले माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकार दिएर आज सुनुवाई गर्दैछ । न्यौपानेले २०७६ माघ २९ मा माधव नेपाललाई मुद्दा दायर नगरेकोमा अख्तियार र महान्यायाधीवक्ता कार्यालयलाई पनि विपक्षी बनाई रिट दायर गरेका थिए । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले माधव नेपालबिरुद्धको रिटको सुनुवाइ गर्दैछ । रिटको सुनुवाई आजै हुने गरी तोकिएको छ । आनन्दमोहन भट्टराई तिनै न्यायाधीश हुन्, जसले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णयबिरुद्ध अन्तरिम आदेश दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !