- सप्तरी : मङ्सिर ७ गते आइतबार ।।
- जनप्रभाब न्यूज
जिल्ला प्रहरी कार्यालय सप्तरीमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) राजेन्द्र प्रसाद धमलाको आगमन संगै प्रहरीले गरेको कडाईका कारण तस्करी धन्दामा कमी आएको छ ।
प्रहरी चाहे मन्दिरको अगाडीबाट एउटा चप्पल पनि चोरले चोर्न सक्दैन ठिक त्यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा आउनु भएका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाको आदेशले जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतका प्रहरी इन्चार्जहरु इमन्दार भएका छन् ।
एसपी धमलाको आगमन संगै सप्तरी जिल्लाको विभिन्न ठाँउमा संचालनमा रहेको हजारौं मदिरा भठी नष्ट गरिएको छ भने हजारौ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको कार्य सराहनीय रहेको स्थानिय अनिल यादवले बताएका छन् ।
एसपी धमलाको आग्मन संगै तस्करहरु अन्य जिल्लाको नाकामा भाग्न बाध्य भएका छन् ।
बिगतका दिनहरुमा नेपाल र भारतको सीमाना नाका हुदै ठूला वडा तस्करहरु कार्य गरिरहेको तर हाल आउनु भएका एसपी धमलाको नाम सुन्न साथ अन्य जिल्लाको नाका प्रवेश गरेको तस्कर श्रोतले जनाएको छ । आफुहरु पहिला ट्रयाक्टर र ट्रकको माध्यमले काम गर्थे तर हाल आउनु भएका एसपी धमलाको नाम सुन्नसाथ कुरा गर्ने हिम्मत नभएर अर्को जिल्ला समात्नु पर्ने बाध्य भएको तस्कर श्रोतले बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) राजेन्द्र प्रसाद धमलाले तस्करी नियन्त्रण र अपराधिक क्रियाकलाप रोक्न लागि परेको बताउनु भयो । उहाले आफु रहुन्जेल जिल्लाको कुनैपनि नाका अथवा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई नछोडिने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !