- लहान : मङ्सिर ७ गते आइतबार ।।
- जनप्रभाब न्यूज
लहानमा च्याउसरी खोलिएका अश्पतालहरुको मनपरी अझै रोकिएको छैन । अनुमती नै नलिई खुलेका यहाँका अश्पतालहरुमा उपचार गराउन आएकाहरुको ज्यान नै जानेगर्दा पनि सम्बन्धित निकायले यसप्रती खासै चासो दिएका छैनन् ।
यस्तै गएराती लहानको डिभाईन केयर अश्पतालको लापरबाहीले उपचाररत एक महिलाको मृत्यु भएको छ ।
डेलिभरीको लागि गएराती डिभाईनमा भर्ना भएकी सिरहाको सुखिपुर बैशखाकी २७ बर्षिष आरती साहको डिभाईनमा कार्यारत डाक्टरहरुको लापरबाहीका कारण मृत्युभएको हो ।
लहान १४ निवासी मृतकका भाई राजेश कुमार साहले ब्याथाले च्यापेपछि गएराती आरतीलाई डिभाईनमा भर्ना गरिएको थियो ।
तर डिभाईनका लापरबाहीले मेरो दिदिको मृत्यु भयो , राजेशले भने । मृतक आरतीको एक ७ बर्षिय छोरा छन् ।
लहानमा खुलेका सबैजसो निजि अश्पतालहरुले स्वस्थ्यउपचारका नाममा लापरबाही गर्ने गरेको बिगतका घट्नाहरुले पनि पुष्टि गर्दै आएको छ । तर सम्बान्धित निकायले न त छानबिन गरेको छ न त कसैलाई कार्बाही नै गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !