- काठमाडाैं : मङ्सिर ५ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
मंसिर ३ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी सन्तोष कुमार ढकाललाई श्री पूर्वी पृतना हेड क्वाटरको पृतनापति तथा उपरथी सहदेव खड्कालाई श्री राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !