- काठमाडौं : मङ्सिर ५ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
गृह मन्त्रालयले प्रहरीमा ३३ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) को सरूवा गरिएको छ । मन्त्रालयकाे शुक्रबारको निर्णयअनुसार उनीहरूकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएकाे छ ।
यही मंसिर ७ गते आइतबारदेखि लागू हुनेगरी उक्त सरूवा गरिएको जनाइएकाे छ । साेही निर्णयद्वारा महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरका प्रहरी प्रमुखकाे हेरफर गरिएकाे जनाइएकाे छ ।
काठमाडौं परिसरका प्रमुखमा अशोक सिंह र ललितपुर परिसरका प्रमुखमा किरण बज्राचार्य नियुक्त भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । मन्त्रीस्तरीय निर्णय अनुसार भएकाे सरूवाबाट उनीहरूकाे जिम्मेवारी ताेकिएकाे हाे ।
हाल काठमाडौं परिसर प्रमुख रहेका श्यामप्रसाद ज्ञवाली ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतकाे अपराध नियन्त्रण महाशाखामा सरूवा गरिएकाे छ भने ललितपुरका प्रमुख टेकप्रसाद राई प्रहरी प्रधान कार्यालयकै कार्य विभाग कार्य महाशाखामा सरूवा भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !