- पश्चिम नवलपरासी : मङ्सिर ५ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिका – ३ स्थित सीमा ईलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २४ बर्षिय हरी दर्शन बनिया र ४९ बर्षिय बिनोद बनिया छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुकोे साथमा उल्लेखित रुपैयाँ फेला परेको थियो ।
त्यसबेला उनिहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
चोरीपैठारीको आयुर्वेदिक औषधीसहित तिन जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका ११ भुजौली सिमा इलाकाबाट मंसिर ०५ गते एपीएफ टोलीले करीब एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमको आयुर्वेदिक औषधीसहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ४ बस्ने २५ बर्षिय रमजान मुसलमान तथा अख्तर भाट र भारतमा घर बताउने शेसफरेना रहेका छन् । भारतबाट अवैध रुपले भन्सार छली बा १७ च ७४९० नम्बरको कारमा राखेर ल्याउँदै गरेको अबस्थामा उल्लेखित आयुर्वेदिक औषधीे एपीएफ टोलीले फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश भुजौलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेका उनीहरुलाई बरामद औषधी र सो कारसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
चोरीपैठारीको सामान बरामद
झापा, झापा जिल्लाको कचनकबल गाँउपालिका ३ स्थित डाँगीबारी इलाकाबाट मंसिर ०५ गते एपीएफ टोलीले करीब एक लाख १० हजार रुपैयाँ बराबरकोे चोरीपैठारीको सुर्तिजन्य पदार्थ र हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम बहादुर भन्डारीको कमान्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ७ स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब दुई लाख ३१ हजार रुपैयाँ बराबरकोे चोरीपैठारीको युरिया मल र हार्डवयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी कन्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका १० स्थित सिमा इलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले करीब एक लाख ५ हजार रुपैयाँ बराबरकोे चोरीपैठारीको मोेबाइलसेट बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मोेबाइलसेट सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोेबाइलसेट एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !