एसपी दिपेन्द्र गिरीले विशेष अभियान चलाएका छन् । र यो अभियानमा एसपी गिरि सफल पनि हुँदै गइरहेको छ ।
- सिरहा : मङ्सिर ४ गते बिहीबार ।।
- जनप्रभाब न्यूज
लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको सिरहामा सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरीले विशेष अभियान चलाएका छन् । र यो अभियानमा एसपी गिरि सफल पनि हुँदै गइरहेको छ ।
सशस्त्र प्रहरीले तिन महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम सशस्त्र प्रहरीको फन्दामा परेका हुन्।
लागुऔषध कारोबारीहरु अहिले सशस्त्र प्रहरीको निशानामा परेका छन्। प्रहरीले नेपालबाट गाँजा भारत पठाउने र भारतबाट प्रतिबन्धित औषधिहरु नेपाल ल्याउने कारोबारीहरुलाई पक्राउ अभियानले सफलता पाउदै गएको छ। खुला सिमानाको फाइदा उठाउदै भइरहेको लागुऔषधको अवैध कारोबार रोक्न सशस्त्र प्रहरीले विगत तिन महिना भित्र ठूलो परिमाणमा लागुऔषध पक्राउ गरेको हो ।
दक्षिणी सीमावर्ती माडरबाट लागूऔषधसहित दुई जनालाई सीमा सुरक्षा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीका अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका–२ घर भएका २२ वर्षीय मनोज ठाकुर र छिमेकी राष्ट्र भारतको बिहार राज्य मधुवनी जिल्लाका बेल्ही पूर्वी ग्राम पञ्चायत–८ बेतौन्हा घर भएका १२ वर्षीय बब्लु कुमार दासलाई नियन्त्रणमा लिइएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !