- मोरङ : मङ्सिर २ गते मंगलवार ।।
- जनप्रभाब न्यूज
मोरङ प्रहरीले तिहारको समयमा जुवातास खेलिरहेको अवस्थामा मोरङको लेटाङबाट सात जनालाई पक्राउ गरेको छ ।
लेटाङ–२, जाँते स्थित श्वेता मगरको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई सोमबार राति २ बजे नगद एक लाख ८८ हजारसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा लेटाङ–९, जाँतेका दधिराम पौडेल, निर्मल मगर, रञ्जीत गजमेर, नरध्वज खड्का, चन्द्रबहादुर गौतम, सिरीकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ गापा–३ का यमकुमार शेर्पा रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगदसहित कौडा १ सेट, तास ६ बुक र १६ थान मोबाइलसमेत बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !