- पर्सा : मङ्सिर २ गते मंगलवार ।।
- जनप्रभाब न्यूज
पर्सा प्रहरीले दुई युवकले खुट्टामा लुकाएर ल्याएको अवस्थामा करिब ५ किलो चरेस बरामद गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–३ का २३ वर्षीय धिरज पटेल छन्। श्रीवास्तवले खुट्टामा टेपले बाँधेर लुकाएर ल्याएको अवस्थामा २ किलो ४४५ ग्राम र पटेलले पनि त्यसैगरी लुकाएर ल्याएको अवस्थामा २ किलो ४४५ ग्राम गरी ४ किलो ८९० ग्राम चरेस बरामद भएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !