- काठमाडौं : मङ्सिर १ गते सोमबार ।।
- जनप्रभाब न्यूज
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट ( पार्टी ) नेकपा का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दुई सचिवालय सदस्यहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीका बरिष्ठ नेता समेत रहेका माधवकुमार नेपाल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई फरक फरक समयमा भेट्नु भएको हो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुवै नेताहरुसँगको छलफलका क्रममा महासचिव विष्णू पौडेललाई साथैमा राखेर छलफल गर्नुभएको थियो । शनिबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई पार्टीको बिवाद समाधान गर्नमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो । मुख्यगरी ओलीले नेपाललाई शुक्रबार बसेको सचिवालय बैठमा प्रचण्डले राखेको राजनीतिक प्रस्ताव फिर्ता गराउन पहल गर्न आग्रह गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावमा आधारहीन र झूठा आरोप भएकाले आफूले प्रस्तावको जवाफ नदिनेसमेत अडान राख्नुभएको बताइएको छ । नेता नेपालले भने अनौपचिरक भेला भएर भन्दा पार्टीको बैठकबाट समस्याको समाधान गर्नुपर्ने प्रधानमन्त्रीलाई जवाफ दिनुभएको बताइएको छ ।
त्यस्तैगरी शनिबार विहान प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमसँग पनि महासचिव पौडेल साथै राखेर भेट गर्नुभएकाे थियो । उहाँले गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव गर्दै पार्टीमा देखिएको समस्या समाधानमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो । जवाफमा गाैतमले समस्याको मुख्यकारणा तपाइँ आफैं हो भन्दै प्रधानमन्त्रीले नै समस्याकाे समाधान निकाल्न पर्छ भनेर भन्नुभएको स्रोतले बताएको छ ।
गौतमले राजनीतिक प्रचण्डले पेस गर्नु भएकाे प्रस्तावमा आफ्नो पनि भूमिका रहेको सुनाउनुभएको थियो । उहाँले प्रस्ताव पेस गर्नुमा प्रचण्डको मात्रै भूमिका नभइ सचिवालयका पाँच सदस्यकै रहेको बताउनुभएको थियो । प्रधानमन्त्रीको सरकारमा आउनुहोस् भन्ने प्रस्तावलाई पनि गौतमले अस्वीकार गर्दै अहिले सरकारमा सामेल हुने इच्छा नरहेको बताउनु भएको स्रोतको भनाइ छ ।
लामो रस्साकस्सी पछि शुक्रबार बसेको सचिवालय बैठमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको कार्य शैली र प्रविति औल्याउदै राजनैतिक प्रस्ताव गरेपछि नेकपा संकटमा छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !