Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरी हत्याको घटनापछि पनि किन कैलालीबाट रोकिएन तस्करी

  • कसरी हुन्छ तस्करी ?
  • किन नियन्त्रण हुन सकेन तस्करी ?

  • कैलाली : कार्तिक ३० गते आइतबार ।।
  • जनप्रभाब न्यूज

गत कात्तिक १ गते कैलालीमा केराउ , मरिच र सुपारी तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भयो । हत्यामा संलग्नको आरोपमा आठ जना र केराउ तस्करीमा सघाएको आरोपमा अर्का एक जना पक्राउ परेका छन् । २५ लाख रुपैयाँ भन्दा बढीको केराउ तस्करी गर्न प्रहरीको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर यो घटनापछि पनि कैलालीबाट केराउ तस्करी भने रोकिएको छैन ।

शनिबार राति कैलालीको टीकापुरबाट प्रहरीले १ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको अवैध केराउ बरामद ग¥यो । टीकापुर नगरपालिका– ९ कालाकुण्डाबाट ६० कट्टा अवैध केराउ बरामद भएको घटनाले अझै पनि यसको तस्करी नरोकिएको पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले ती केराउ पनि भारत तस्करी गर्ने प्रयोजनको लागि भण्डारण गरिएको बताए । खुला सीमाको फाइदा उठाउँदै अझै पनि केराउ तस्करी भइरहेको प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।

  • भरिया मात्रै समातिन्छन्

दुई प्रहरीको हत्या आरोपमा पक्राउ परेकाहरु नै हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । तर पक्राउ परेकामध्ये धेरैजसो भरिया रहेको प्रहरी स्रोत बताउँछ । घटनामा संलग्न केही व्यक्ति अझै फरार छन् । ‘दुई जना प्रहरीलाई ८ जनाले मात्रै हत्या गरेका होइनन् अन्य केही पनि संलग्न छन्’ एक प्रहरी अधिकृतले भने ‘हाम्रो अनुसन्धानमा देखिएका २ जना अझै फरार छन् ।’ पक्राउ परेकामध्ये अधिकांश व्यक्ती पैसाको लोभमा तस्करीमा लागेको प्रहरीको भनाइ छ ।

हत्यामा संलग्न ८ जनाले नाम दिएपछि प्रहरीले धनगढीकै व्यापारी राजीव गुप्तालाई पनि पक्राउ गरेको थियो । गुप्ताले जुनसुकै अवस्थामा पनि केराउ भारत पु¥याउन उनीहरूलाई दबाब दिएको प्रहरी बताउँछ । प्रतिकिलो १० रुपैयाँ दिएर नेपालबाट केराउ भारत पठाउने गरिएको छ । ‘रोजगारी गुमाएर बसेकाहरूलाई यो गतिलो कमाइको माध्यम भयो’ एक प्रहरी अधिकारीले भने ।

सामान्य रुपमा एक सय किलो केराउ सीमा कटाई दिए एक हजार रुपैयाँ आउने हुँदा पछिल्लो समय यस्तो धन्दामा संलग्नको संख्या बढिरहेको छ । भरियाहरूलाई तस्करले दोहोरो जिम्मा दिने गरेका छन् । नेपालबाट केराउ भारत पठाउने र भारतबाट खाद्यान्न र लत्ता कपडा नेपाल ल्याउने । यसरी नेपाल ल्याउँदा भारतीय तस्करहरूले उनीहरूलाई प्रति ट्रिप एक हजार रुपैयाँ भन्दा बढी दिने गरेका छन् ।

  • कसरी हुन्छ तस्करी ?

नेपाली व्यापारीहरूले क्यानडाबाट आयात गर्ने केराउ स्वदेशमा थोरै मात्र खपत हुन्छ । भारतमा नेपाल बाहेकका मुलुकबाट केराउ, सुपारी र मरिच आयात गर्न पाइन्न । तर, कानुनलाई छलेर भारतीय व्यापारीले नेपाली व्यापारीसँगको मिलेमतोमा विदेशबाट नेपालमा आयात गर्छन् र त्यसलाई नेपाली वस्तु भन्दै भारत भित्याउँछन् ।

यसरी तेस्रो देशबाट नेपालमा ल्याएर केराऊ भारत लैजाँदा रोकावट हुँदैन । तर, नेपालबाट भारत लैजानु भनेको गैरकानुनी हुन्छ । तर, नेपाली व्यापारी र भारतीय व्यापारीहरूको साठगाँठमा कैलालीबाट ठूलो मात्रामा केराउ तस्करी भइरहेको छ । प्रहरी हत्या प्रकरणको बेला पनि व्यापारी गुप्ताले केराउ तस्करीको जिम्मा स्थानीय तस्करहरूलाई दिएका थिए । गुप्ताले पनि सो केराउ धनगढीकै अर्का ब्यापारीबाट खरिद गरेको देखिएको छ । ती व्यापारीले सोझै क्यानडाबाट समेत केराउ ल्याईरहेको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।

पछिल्लो ३ महिनामा मात्रै उनले ४ हजार क्वीन्टल केराउ बेचेका छन् । ‘कैलाली कञ्चनपुर मात्रै होइन पहाडी जिल्लामा पनि केराउ पुगेको देखिन्छ । त्यो सबै तस्करी भयो भन्न सकिन्न । तर, यत्रो (परिमाण) यहाँ खपत हुँदैन’ एक प्रहरी अधिकारी भन्छन् ।

नेपालमा भन्दा भारतमा केराउ प्रतिकिलो ५० रुपैयाँसम्म महँगो छ । तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको केराउ तस्करहरूले सीमावर्ती नाकासम्म पु¥याउने र त्यहाँबाट भरियाले सुरक्षाकर्मीको आँखा छलेर भारत पु¥याउँछन् । व्यापारीले भारत तस्करी गर्ने केराउ सीमा क्षेत्रमै भण्डारण गरेर राख्ने गरेको पाइएको छ । ‘उनीहरुले सीमा क्षेत्रमा भण्डारण गरेर राख्छन् । नेपाली भूमिमा नराख भन्न मिलेन’, एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट प्रहरीको आँखा छलेर रातारात तस्करी हुन्छ ।’

  • किन नियन्त्रण हुन सकेन तस्करी ?

कैलालीमा १०३ किलोमिटर खुल्ला सीमा छ । पछिल्लो समय यहाँ सशस्त्र प्रहरी बलका थुप्रै सीमा जाँच चौकी (बिओपी) स्थापना गरिएको छ । तर, यसले पनि तस्करी नियन्त्रण हुन सकेको छैन । सीमा क्षेत्रमै भण्डारण गरेर राख्ने हुँदा केराउ तस्करी नियन्त्रण गर्न कठिन भएको प्रहरी अधिकारीहरु बताउँछन् । त्यसैले भारत निकासीमा प्रतिबन्ध लागेका वस्तु सीमा क्षेत्रदेखि २ किलोमिटरसम्म भण्डारण गर्न नपाउने नियम बनाउनुपर्ने उनीहरुको सुझाव छ ।

‘हामीले नेपाली भूमिमै राखेका मटर, मरिच लगायतका वस्तुहरूलाई त्यहाँ किन राखेको भन्न पाउँदैनौँ । फेरि राति त्यहाँबाट तस्करी भएको सुनिन्छ’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने । उनले तस्करी बढेको भन्दा पनि प्रहरीले तस्कर पक्राउ गर्ने क्रम बढेको दाबी गरे ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh