- काठमाडौं : कार्तिक २९ गते सनिवार ।।
- जनप्रभाब न्यूज
शुक्रबार कागतिहारका दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झना गरिन्छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइन्छ । नेपालमा आयुर्वेद क्याम्पस नरदेवीको स्थापनादेखि धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । हिमालयको देश नेपाल जडिबुटीको अथाह भण्डार हो ।
तर नेपालमा जडिबुटीबाट औषधि उत्पादन गर्ने सबैभन्दा पुरानो सरकारले स्थापना गरेको सिंहदरवार बैद्यखाना झन् पनि झन् अधोगतितिर उन्मुख छ । जडिबुटीबाट औषधि उत्पादन गरी देशलाई योगदान गर्नुपर्ने सिंहदरवार बैद्यखानाको उत्पादनले त्यहाँका कर्मचारी पाल्न समेत नपुग्ने बिडम्बनापूर्ण अवस्था छ । जनताको विश्वास प्राप्त गरेको सिंहदरवार बैद्यखाना विकास समिति अति राजनीतिकरणको शिकार भएकाले अहिले घिटीघिटी अवस्थामा पुगेको छ ।
वैद्यखाना विकास समिति कसरी भयो धरासायी ?
आर्थिक वर्ष २०६६–६७ देखि २०६९–७० सम्म १ सय ८४ थरी आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखाना २०७७ मा आउँदा शिलाजितसम्म पनि उत्पादन गर्न छाडेको छ । वैद्यखानाले अहिले २० देखि २५ किसिमका औषधि पनि उत्पादन गर्न छाडेको छ । वैद्यखानाका प्रबन्ध निर्देशक बंशदीप शर्मा खरेल प्राइभेट आयुर्वेद कम्पनीबाट घुस लिंदै सिंहदरवार बैद्यखाना डुबाउन तल्लीन छन् । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले २०७७ जेठमै २०५१ को गठन आदेश खारेज गरी नयाँ गठन आदेश स्वीकृत गरिसकेको छ ।
२०७७ असार २२ मा बैद्यखाना विकास समितिको नयाँ गठन आदेश राजपत्रमा प्रकाशित भइसकेकोे छ । जुन गठन आदेशमा वैद्यखानाको कार्यकारी निर्देशक स्वास्थ्य सेवा आयुर्वेद समूहको ११ औं तहको हुनुपर्ने प्रावधान छ । गठन आदेश राजपत्रमा प्रकाशित भइसकेपछि पुरानो गठन आदेशका आधारमा नियुक्त भएका आठौ प्रबन्ध निर्देशक रहेका खरेललाई बहाल राखिरहन मिल्दैन । उनलाई पदमा कायम राख्नु गठन आदेशकै प्रतिकूल हुन्छ । पुरानो गठन आदेशमा वैद्यखानाको प्रबन्ध निर्देशक आय्ुर्वेद चिकित्सक भए हुने उल्ले थियो । तर नयाँ गठन आदेशमा स्वास्थ्य सेवामा कार्यरत आयुर्वेद समूहको ११ औं तहको कार्यकारी निर्देशक हुनुपर्ने स्पष्ट ब्यवस्था छ । यो ब्यवस्थाका आधारमा उनलाई हटाउन कुनै बाधा छैन । तर सरकारले उनलाई हटाउने र नयाँ गठन आदेश अनुुसार कार्यकारी निर्देशक नियुक्ति गर्न चासो नै देखाएको छैन ।
बैद्यखानामा आठौं तहका खरेललाई नै मन्त्रालयले निरन्तरता दिइरहेको छ । खरेल बैद्यखानाको प्रमुख भए पनि उनी त्यसको उत्थानमा भन्दा त्यहाँ बसेर प्राइभेट आयुर्वेद कम्पनीको घुस बुझेर बैद्यखानालाई धरासायी बनाउने कार्यमा लागिरहेका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गठन आदेश अनुरुप वैद्यखानामा ११ औं तहको कार्यकारी निर्देशक नियुक्ति गर्नेतर्फ पहल नै नगरी बसेका छन् । धरासायी हुन लाग्दा र आम्दानी भन्दा बढी खर्च हुँदा पनि बैद्यखाना उनको प्राथमिकतामा पर्न नसकेको गुनासो आयुर्वेद समूहका कविराजहरुको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल भने पहिलाको क्याविनेटले अक्षमलाई नियुक्त गरेकाले बैद्यखानाको हालत त्यस्तो भएको बताउँछन् । उनी भन्छन्–‘समितिको नयाँ गठन आदेश आइसकेकाले संरचनागत सुधार गरी बैद्यखानाको सुधार गर्ने काममा मन्त्रालय लागेको छ ।’ संरचनागत सुधार गर्ने भनेको सरकारले बल्लतल्ल अध्यक्ष नियुक्ति गरेको छ । वैद्यखाना विकास समितिको अध्यक्षमा २०७७ असोज २२ मा बाबुराजा अमात्यलाई नियुक्त गरेको छ । तर कार्यकारी निर्देशक नियुक्त गरेको छैन ।
-
शिलाजितको उत्पादन बन्द
१० बर्षअघिसम्म १ सय ५० थरी औषधि उत्पादन गर्दैआएको बैद्यखानामा उपभोक्ताको विश्वास जित्न सफल शिलाजित पनि १ बर्षदेखि उत्पादन बन्द छ । खरेलले शिलाजित उत्पादनका लागि बोलपत्र नै आह्वान नगरी बैद्यखाना डुबाउन लागेको कर्मचारी बताउँछन् । उपभोक्ताहरु गुणस्तरीय भएकाले सिंहदरवार बैद्यखानाबाटै उत्पादित शिलाजित खोज्छन् । तर खरेलल बोलपत्र नै गरेका छैनन् । प्राइभेट आयुर्वेद कम्पनीहरुको प्रलोभनमा परी बोलपत्र नै नगरेको आरोप खरेलमाथि लाग्ने गरेको छ । आरोग्य भवन, गोरखा आयुर्वेद कम्पनी, र गोरखनाथ आयुर्वेद, भाष्कर फर्मास्युटिकल्स आदि कम्पनीको प्रलोभनमा परी खरेलले शिलाजितका लागि बोलपत्र नै नगर्दा १ बर्षदेखि सिंहदरवार बैद्यखानाको शिलाजित बजारमा अभाव छ । जनताको विश्वासप्राप्त सिंहदरवारको शिलाजित उत्पादन बन्द छ । तर आरोग्य भवन गोरखा र गोरखनाथदेखि भास्कर फर्मास्युटिकल्सको शिलाजित बजारमा छ्यापछुयाप्ती छ । बैद्यखानाको नेतृत्वको अदूरदर्शी र भ्रष्ट प्रबृत्तिका कारण शिलाजित उत्पादन बन्द हुँदा उपभोक्ता प्राइभेट आयुर्वेद कम्पनीको शिलाजित खरिद गर्न बाध्य छन् । प्राइभेट कम्पनीले वैद्यखानाको नेतृत्वलाई प्रभावमा पारी शिलाजितको बोलपत्र नै हुन नदिएको बैद्यखानाका एक अधिकारी बताउँछन् ।
-
उत्पादनको आम्दानीभन्दा तलवभत्तामा बढी खर्च
नेपालमा सरकारी संस्थानहरु धरासायी हुनुको प्रम्ुख कारण कार्यकारी नियुक्तिमा हुने अस्वभाविक चलखेल नै हो । सिंहदरवार बैद्यखाना पनि सरकार परिवर्तन नै पिच्छे हुने नेतृत्व फेरबदलका कारण धरासायी हुन पुगेको हो । पछिल्लो पटक नेपाली कांग्रेसको सरकार नै नियुक्त गरेका बंशदीप शर्मा खरेल आठौं तहका कनिष्ट आयुर्वेदका डाक्टर(कविराज) हुन् । उनलाई सरकारले २०७५ मा हटाए पनि सर्वोच्च अदालतमा रिट दायर गरी पुनर्वहाली भएका थिए । उनी अदालतको अन्तरिम आदेशका आधारमा फर्र्किएपछि वैद्यखानाको ओरालो यात्रा तीव्र गतिमा जारी रहेको छ । वैद्यखानाबाट उत्पादित औषधि बिक्रीको आम्दानीभन्दा बढी कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ । बैद्यखाना विकास समितिमा ४६ स्थायी कर्मचारी छन् । नेपाल सरकारका ५ जना कर्मचारी छन् भने ज्यालादारी कर्मचारीको संख्या ९ जना छ । बार्षिक २ करोडभन्दा बढी तलवभत्तामा जान्छ । तर उत्पादनको बिक्रीबाट यो बर्ष २ करोड रुपैयाँ पनि आम्दानी हुन नसकेको समितिका एक कर्मचारी बताउँछन् । उत्पादमूलक औषधि उद्योग हो बैद्यखाना । जसको बजार राम्रो छ । उत्पादन जनतामा लोकप्रिय हुँदा पनि बैद्यखाना किन घाटामा गइरहेको छ ? सक्षम ब्यक्तिलाई स्वास्थ्य मन्त्रालयले बैद्यखानाको कार्यकारी निर्देशकमा नियुक्तिमा बिलम्ब गर्दा बैद्यखाना औषधि लिमिटेडकै नियतितर्फ जान लागेको छ ।
-
टेण्डर भए पनि जडिबुटी आएन
जडिबुटी खरिदका लागि गतबर्ष बैद्यखानाले १ करोड रुपैयाँभन्दा बढीको टेण्डर गरेको थियो । तर टेण्डर पाएको कम्पनीले नयाँ जडिबुटी ५० प्रतिशत भन्दा दिएको छैन । जडिबुटी आपूर्ति गर्ने कम्पनीले टेण्डर पाएको लामो समयसम्म पनि ५० प्रतिशतभन्दा बढी आपूर्ति गर्न नसक्दा पनि प्रबन्ध निर्देशक खरेलले उसलाई कारबाही गरेका छैनन् । ताकेता पनि गरेका छैनन् । प्राइभेट आयुर्वेद कम्पनीको प्रभावमा परी खरेलले आपूर्तिकर्तालाई ताकेता नगरेको आरोप छ ।
-
संचालनमा नआएको मेसिन मर्मतका नाममा लाखौं खर्च
बैद्यखानाले डेढ बर्षअघि रस औषधि बनाउने फर्नेस(मेसिन) ५ लाख रुपैयाँमा खरिद ग¥यो । त्यो फर्नेस एकपटक पनि संचालनमा ल्याइएको छैन । तर प्रत्येक बर्ष फर्नेस मर्मत सम्भारको शीर्षकमा बजेट खर्च गरिएको छ । संचालनमै नआएको फर्नेसको मर्मत शीर्षकको बजेट प्रबन्ध निर्देशक खरेलको गोजीमा जाने गरेको स्रोत बताउँछ । संचालनमै नआएको मेसिन मर्मतका नाममा समेत मर्मतसम्भारका नाममा खर्च देखाएर खरेलले भ्रष्टाचार गर्दैआएको उदाहरण हो यो ।
-
शौचालयको ढल मर्मत नहुँदा औषधि काउन्टर वरिपरि दुर्गन्धित
सिंहदरवार बैद्यखानाले औषधि बिक्रीका लागि खोलेको काउन्टरसँगैको शौचालयको नाली फुटेर दुर्गन्धित छ । महिनौं भइसक्दा पनि उक्त ढल मर्मत गर्न प्रबन्ध निर्देशक खरेलले चासो दिएका छैनन् सेफ्टीट्यांकीमा जाने ढल फुटेका कारण औषधि काउन्टरमा बस्ने कर्मचारी दिनभर दुर्गन्धमा बस्न बाध्य हुँदैआएका छन् । नेपाल फेस
फेसबुकबाट तपाईको प्रतिक्रिया !