- काठमाडौं : कार्तिक २९ गते सनिवार ।।
- जनप्रभाब न्यूज
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बिहीबारदेखि सुरू भएको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
सोही प्रतिष्ठानमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गोष्ठीबाट आएका निष्कर्षहरूले आगामी दिनमा संचालन गरिने तालिमहरुमा एकरुपता ल्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । लामो अवधिको आधारभूत तालिमले प्रशिक्षार्थीहरुमा कार्यकुशलता एवम् व्यवहारमा समेत प्रशिक्षण प्रदान गरिने हुँदा समयसापेक्ष पाठ्यक्रमहरु समावेश भएमा प्रशिक्षण अत्यन्तै लाभदायी हुने उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी कर्मचारीलाई दिइएको प्रशिक्षण कार्यक्षेत्रमा कसरी प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भन्ने सम्बन्धमा विश्लेषण हुनुपर्ने जरुरी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षकहरुले रोल मोडलको रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा UNITED NATIONS OFFICE FOR PROJECT SERVICES(UNOPS) का प्रतिनिधि एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीले तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !