उदयपुरबाट गाँजा ओसारपोसार र खेती गरिने कार्यलाई पूर्ण रुपले निस्तेज बनाउन उदयपुर प्रहरी चुरे क्षेत्रको खोंचखोंचमा पुग्ने गरेको छ
- लहान : कार्तिक २९ गते सनिवार ।।
- जनप्रभाब न्यूज
उदयपुरबाट गाँजा ओसारपोसार र खेती गरिने कार्यलाई पूर्ण रुपले निस्तेज बनाउन उदयपुर प्रहरी चुरे क्षेत्रको खोंचखोंचमा पुग्ने गरेको छ । यही क्रममा एसपी भिम बहादुर दाहाल सहितको नेत्रित्वको प्रहरी टोलीले जिल्लाको बिभिन्न स्थानमा लगाइएको ३९२ रोपनी जग्गाको १ लाख १२ हजार ६ सय १८ बोट गाँजा फडानी गरेको छ ।
अबैध रुपमा लगाएका लागुऔषध गाँजा खेति नष्ट गर्ने स्वीप अप्रेसन अन्तर्गत कात्तिक २२ देखी २६ गते सम्म संचालन गरेको अबैध गाँजा खेति नष्ट गर्ने स्वीप अपरेसनमा जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको प्रहरी उपरीक्षक ( एसपी ) भिम बहादुर दाहाल सहितको प्रहरी टोली, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी निरिक्षक सहितको संयुक्त प्रहरी टोलीले गांजा खेती नष्ट गरेको हो ।
बेलका नगरपालिका ७ मा रहेका हिण्डुला, त्रिबेणि , वडाङ यरियामा लगाइएको गांजा नष्ट गर्नुको साथै जिल्ला प्रहरी कार्यालय उदयपुर बाट खटिएको प्रहरी नायव निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोली , ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी नायव निरिक्षक सहितको संयुक्त प्रहरी टोलीले ताप्लि गाँउपालिकाको वडा नम्बर १, २ र ४ को बिभिन्न स्थानहरुमा लगाएको तथा आफै उम्रिएको १५८ रोपनि जग्गामा अबैध रुपमा लगाएको ६७ हजार १ सय ५० बोट गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ ।
प्रहरी कार्यालयले भदौ १ गते देखि हाल सम्म उदयपुर जिल्ला भित्र रहेका त्रियुगा नगरपालिका बेलका नगरपालिका ,ताप्ली गाउँपालिका ,रौतामाई गाउँपालिका भित्र पर्ने बिभिन्न स्थानहरुमा लगाएको तथा आफै उम्रिएको ३९२ रोपनि जग्गामा अबैध रुपमा लगाएको १ लाख १२ हजार ६ सय १८ बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्र्यालय उदयपुरले जनाएको छ । स्वीप अपरेसन निरन्तर भईरहने पनी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !