
- काठमाडौं : कार्तिक २९ गते सनिवार ।।
- जनप्रभाब न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन माग गरेपछि स्तम्भकार दिल निशानी मगरले प्रतिवाद गरेका छन् ।
सूर्य थापाको फेसबुक स्टाटस
सामाजिक सञ्चालमार्फत थापाले प्रचण्डको प्रस्ताव विधि विपरित आएकाले फिर्ता लिनुपर्ने माग गरेका थिए । त्यसको जवाफमा स्तम्भकार मगरले लेखेका छन्, ‘अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव प्रम केपी ओलीको ट्विटरमा तपाईँले आफ्नै निजी मनका भावनाहरु लेखेरपछि डिलिट गरे जस्तो कहाँ हो र, सूर्य थापाजी ?’
दिल निशानी मगरको जवाफ



















