- पर्सा : कार्तिक २८ गते शुक्रबार ।।
- जनप्रभाब : कृष्णा यादव
पर्सा प्रहरी प्रमुखले तस्करीमा कडाई गरेको नाटक गरेपनि ग्रामीण भेगमा रहेका सशस्त्र प्रहरी बीओपी र प्रहरी चौकीहरुको मिलोमतोमा ब्यापक तस्करी मौलाएको छ ।
पर्साका शहरी क्षेत्रका मुख्यनाकाहरुमा प्रहरीले तस्करीमा केही कडाई गरेजस्तो गरेपछि अहिले तस्करहरु पर्साको ग्रामीण भेगमा रहेको सबैठवा, भिस्वा, टिहुकी ,बुढगाई, मिर्जापुर , महादेवपट्टी , जानकीटोला , भिखमपुर, ठोरी , स्वर्णपुर लगाएतका बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानीयहरुले नेपालबहस डटकमलाई बताएका छन् ।
तस्करहरुले अहिले भिस्वा , सबैठवा , जानकीटोला , स्वर्णपुर , ठोरी , महादेवपर्टी लगाएतका नाकामा रहेको सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीका चौकी ईन्चार्जहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको भन्सार छलेर अबैध रुपमा लत्ता कपडा , हाडयेवर, जुता, भैसी भित्र्याउने गरेका छन् । प्राप्त समाचार अनुसार हिजो राती मात्रै लाखौं रुपैयाँ बराबरको भैसी, कपडा , हाडयेवर लगायतका बस्तुहरु एक व्यापारीले भित्र्याएको स्थानीयले नाम नछाप्ने शर्तमा बताएका छन् ।
अहिले सो नाकाबाट दैनिक रातीको समयमा भारतबाट लत्ता कपडा , हाडयेवर , जुत्ता चप्पल लगायतका लाखौं रुपैयाँ बराबरका सामानहरु तस्करहरुले अबैध रुपमा भित्र्याउने गरेपनि बारा र पर्सा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले रकम बुझेर आखाँमा पटटी बाधेर चुप लागेर बस्ने गरेका छन् ।
सशस्त्र प्रहरी भिस्वा बीओपी प्रमुख संजीव बानियाँ , सबैठवा बीओपी प्रमुख प्रकाश भुजेल, ठोरी बीओपी प्रमुख दीपक खनाल र स्वर्णपुर बीओपी प्रमुख अशोक चालिसे लगाएतका सशस्त्र प्रहरीका बीओपी प्रमुखहरुले पर्सा जिल्लाका ठुलो हाकिमदेखि लिएर माथिसम्म नजराना बुझाउँदै तस्करी सुचारु गराउँदै आईरहेको स्रोतले बताएको छ।
पर्साको ग्रामीण भेगका नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनि पर्साका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेका छन् । भिस्वा , सबैठवा , भिखमपुर , ठोरी नाकाबाट दैनिक लाखौं रुपैयाँको तस्करी भईरहेको छ। तस्करले दिनरात उक्त नाकाबाट दैनिक रुपमा सुर्ती, राजनिवास, , रजनीगंधा, लत्ताकपडा , हार्डवेयर लागाएतका सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।
पर्साको भिस्वा, सबैठवा, पकाहा , भिखमपुर, ठोरी , स्वर्णपुर नाका प्रयोग गरी रातभरी कपडा , हाडयेवर , रंजनीगंधाको तस्करी भइरहेपनि सो नाकाका प्रहरीहरुले केही कडाई नगरेपछि सशस्त्र प्रहरी र नेपाल माथि नै प्रश्नचिन्ह खडा भएको छ । भिस्वा र ठोरी नाका हुँदै भारतका नामुद तस्करहरुले दैनिक लाखौं रुपैयाँका कपडा, हार्डवेयर लगायतका सामानहरु तस्करहरुले चितवन, नारायणगढ र काठमाडौंसम्म पुर्याउने गरेको स्थानीयहरु बताउछन् ।
सशस्त्र प्रहरी २ नम्बर प्रदेश प्रमुख केबी ब्रहम्चार्याले पटक पटक अनुगमन गरेपनि सीमानाकाबाट निर्बाध रुपमा भइरहेको तस्करी रोक्न सकेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !