- काठमाडौं : कार्तिक २८ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
लामाे समयदेखि राेकिएकाे अर्थ मन्त्रालयका उपसचिवहरूकाे सरूवा भएकाे छ । २०७७ कात्तिक २७ गते २ बर्षभन्दा बढी अवधि पुगेका भन्सार र कर कार्यालयका उपसचिवहरू ७० जनाकाे सरुवा गरेको छ ।
भैरहवा, रसुवा, नेपालगंज, कृष्णनगर, महेन्द्रनगर, धनगढीका भन्सार कार्यालय प्रमुखको २ बर्ष अवधि पुगिसकेको थियाे । एयरपोर्ट भन्सारमा पनि २ उपसचिवको २ बर्ष पूरा पुगिसकेको थियाे ।
करदाता सेवा कार्यालय, त्रिपुरेश्वर, न्यूरोड, कोटेश्वर, उपत्यकाबाहिरका दमक, लहान, चितवन, बीरगंज, धुलिखेल, भैरहवा, बुटवल, नेपालगंज, कृष्णनगर, धनगढीलगायतका आन्तरिक राजस्व कार्यालयका प्रमुखको पनि २ बर्ष अवधि पुगिसकेको छ ।
देशका मुख्य भंसारहरूमा प्रमुख ताेकिएका छन् । स्राेतका अनुसार, चर्चित र आकर्षक मानिएकाे वीरगञ्ज भंसारकाे प्रमुखमा सहसचिव महेश आचार्य र प्रमुख भंसार अधिकृतमा अर्थमन्त्रालयले प्रदेशमा समायोजन गरेका १४ विद्राेही उपसचिव मध्येका शक्तिशाली मानिएका दिलीप केसी र हरिरहर दाहालले सुअवसर पाएका छन् । १४ विद्राेही उपसचिव मध्येका शक्तिशाली मानिएका भित्रैबाट जनार्दन पाैडेलले कृष्णनगर भंसार पाएका छन् । धनगढीकाे भंसार प्रमुख बन्ने अवसर नरवहादुर थापाले पाएका छन् ।
वीरगञ्ज भंसारपछिकाे आकर्षक भंसार मानिएकाे भैरहवा भंसार प्रमुखकाे बन्ने अवसर मणिराम पाैडेललाई जुरेकाे छ । त्यस्तै राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनाली भैरहवा भंसार प्रमुख बनाउन न्वारानदेखिकाे बल लगाएकाे र मैनालीकाे काेर टीम रहेर काम गरेका विवादस्पद उपसचिव रामप्रसाद रेग्मीले रसुवा भंसार प्रमुख बन्ने अवसर पाएका छन् । आकर्षक भंसार मध्येकै एक नेपालगञ्ज भंसार प्रमुखकाे जिम्मेवारी जय भणडारीले पाएका छन् ।
१४ विद्राेही उपसचिव मध्येका शक्तिशाली मानिएका किशोर बर्तौलाले पनि एयर्पाेट भंसार पाएका छन् । त्यस्तै विष्णु प्रसाद पाैडेल पनि एयर्पाेट भंसार खटिएका छन् । महेन्द्रनगर भंसार प्रमुखमा विराटनगर भंसार प्रमुख रहिसकेका मिमांस अधिकारीलाई खटाइएकाे छ । स्राेतका अनुसार, अर्थमन्त्री विष्णु पाैडेलले कुनै हस्तक्षेप नगरेकाे र सचिवलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएकाले उपसचिवहरूकाे सरूवामा अर्थ सचिव शिशिर कुमार ढुङ्गाना हावी भएकाे, सन्तुलनकारी र न्यायपूर्ण ढंगले सरूवा नगरेकाे कर्मचारीहरूकाे गुनासाे रहेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !