
- सिरहा : कार्तिक २७ गते बिहिवार ।।
- जनप्रभाब न्यूज
सिरहाको गोलबजार नगरपालिका – ६ स्थित लामाटोलबाट करिव ७ लाख नक्कली नोट सहित प्रहरीले तीन जना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारको सन्युक्त टोलिले हजार दरको ६ लाख ८४ हजार नक्कली नोट सहित गोलबजार नपा १२ वेतौनाका २५ पर्षिय धिरज राय , २० वर्षिय सञ्जय राय र कल्याणपुर नपा ७ का २४ वर्षिय विमलेन्द्र नायकलाई नियन्त्रणमा लिएको हो ।

असोज २१ गतेबाट उनीहरु तिनैजना गोलबजार नपा ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा वस्दै आएका थिए । विशेष सुचनाको आधारमा त्यहाँ पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सन्युक्त टोलिले वडा अध्यक्ष बसन्त लामाको उपस्थितीमा खान तलासी गरेको सशस्त्र प्रहरी बल ७ नम्बर गण हे.क्वा सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरिले जानकारी दिए ।

उनीहरुसँग अझै दुईजना रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पंजियारले जानकारी दिए । ती दुईजनाभने भाग्न सफल भएको बताइएको छ ।

प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ ।
प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहा मातहतमा रहेको सशस्त्र बेस क्याम्प गोलबजारको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अहिले पत्रकार सम्मेलन गरी सवै विषय सार्वजनिक गर्ने जनाएको छ ।
यो समूह २ वर्ष भन्दा लामो समयदेखि नक्कली नोटको कारोवारमा सक्रिय रहेको स्रोतले जनाएको छ ।

