मृतक महिलाकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली हत्या
- रौतहट : कार्तिक २७ गते बिहीबार ।।
- जनप्रभाब न्यूज
रौतहटमा १७ वर्षीया विवाहिता महिलाको गोली हानी हत्या भएको छ ।
रौतहटको माधवनारायण नगरपालिका – ७ लौकाहाका रामअयोध्या साहको १७ वर्षीया विवाहिता छोरी अमृता कुमारी साहलाई बुधबार राति साढे एघार बजेको समयमा गोलि प्रहार भएको हो ।
सुतिरहेको अवस्थामा टाउकोको दाहिने कन्चटमा गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
महिलाको प्रेम सम्बन्धका विषयमा भएको विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवन गोठका सोहन भन्ने रुपेश साहसँग मागी विवाह भएको थियो ।
अमृता घर गएको चौथो दिननै उनको श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । त्यसको तीन महिनापछि उनीहरुको सम्बन्धविच्छेद भएको थियो । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !