- काठमाडौं,कात्तिक २७ गते बिहिवार ।।
- जनप्रभाब न्यूज
कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त झापा मेचीनगर नगरपालिका-७ आर्यावारी घर भएका ३३ वर्षीय हरि गिरी तथा सनोज गिरी भन्ने राम कुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा संलग्न रहेको मुद्धामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भई फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनाराण नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !