जनप्रभाब बिशेष : कोरोना संक्रमित डिआईजी धिरजप्रताप सिंह यस कारण उनले कोरोनालाई जित्नुपर्छ
- आलोक यादव
- कार्तिक २६ गते बुधबार ।।
अपराध र गैरकानुनी धन्दाको राजधानी मानिन्छ प्रदेश २ । अपहरण र हत्याको समाचार प्रदेश २ को लागी ब्रेकिगं समाचार बन्न छाडेको धेरैभयो । प्रदेश २ का ८ जिल्ला शसस्त्र समूहहरुको आधार ईलाका नै हो । लागूऔषध र रुढिवादी सँस्कारको भण्डार पनि प्रदेश २ नै मानिन्छ । किनभने प्रहरीले दिनहुँजसो लागूऔषध पक्रिएको घटनाले र बोक्सि भनेर सामाजिक रुपमै महिलालाई प्रताडित नगरेको दिन पनि कमै हुन्छ ।
मानौ प्रदेश २ आगोको भुँग्रो हो । हो यही भुँग्रोमा ७ महिना अघि होमिन आईपुगेका थिए प्रमुख प्रहरी नायव महानिरिक्षक ( डिआईजी ) धिरजप्रताप सिहं । डिआईजी सिहं प्रदेश २ मा आउनसाथ भुँग्रो निभाउन सुरुगरिहाले । अर्थात डिआईजी सिहंको आगमनसँगै प्रदेश २ को शान्ति सु–व्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतंक, सीमावर्ती अपराध, संगठित अपराध र बलात्कारजस्ता घटनाहरुमा न्यूनीकरण भयो ।
दुई नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट ८ जिल्लालाई कमाण्ड गरिरहेका डिआईजी धिरजप्रताप सिहंको काम गराईशैलीप्रति सबैको प्रतिकृया हुन्थ्यो , वाहा , डिआईजी हुन त धिरजप्रताप सिहं जस्तो ।नेपाल प्रहरीमा नौलो एवं प्रभावकारी र तत्कालै नतिजा दिइहाल्ने अभियान चलाउने तथा त्यसलाई तत्काल कार्यान्वयनमा पनि ल्याइहाल्ने शैलीका तिनै डिआईजी सिहंलाई कोरोना संक्रमण देखिएको खबरले प्रदेश २ बासीलाई यतिबेला स्तब्ध बनाएको छ । प्रदेश २ का नागरिक डिआईजी सिहं छिटै कोरोनामुक्त होउन भनेर कामना गरिरहेका छन् ।केहि दिनअघि स्वाब दिएका डीआईजी सिंहको पीसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।कोरोना पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि सिंहलाई मंगलबार थप उपचारका लागि जनकपुरबाट काठमाडौँको प्रहरी अस्पताल लगिएको छ । डीआईजी सिंहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।‘कोरोना संक्रमण पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौँको प्रहरी अस्पतालमा भर्ना गरेका छौं । अक्सिजन चढाउने काम भइरहेको छ । अहिले स्वास्थ्य ठिकै छ,’ सिंहको परिवारले जानकारी दियो ।
यस कारण उनको चर्चा चुलियोप्रहरी संगठन भित्र बौद्धिक अधिकृतका छवि बनाएका प्रहरी नायब महानिरीक्षक सिंह गभिंर अपराधमा अदालतले सजाय तोकेका फरार अभियुक्तहरुलाईलाई पक्राउ गर्न बिशेष अभियान चलाएका उनको अहिले प्रदेश दुईभरी चर्चा हुन थालेको छ । उनले बिशेष अभियान चलाएपछि गुण्डा नाईके , तस्करहरुको भागाभाग भएको छ ।उनको आगमनसँगै प्रदेश २ मा शान्ति सु–व्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतंक, सीमावर्ती अपराध, संगठित अपराध र बलात्कारजस्ता घटनाहरुमा न्यूनीकरण भयो ।नेपाल प्रहरीमा नौलो एवं प्रभावकारी र तत्कालै नतिजा दिइहाल्ने अभियान चलाउने तथा त्यसलाई तत्काल कार्यान्वयनमा पनि ल्याइहाल्ने उनको शैलीले प्रदेश दुईमा पनि निरन्तरता पाएको छ ।
प्रहरी संगठन भित्र बौद्धिक अधिकृतका छवि बनाएका प्रहरी नायब महानिरीक्षक सिंह गभिंर अपराधमा अदालतले सजाय तोकेका फरार अभियुक्तहरुलाईलाई पक्राउ गर्न बिशेष अभियान चलाएका उनको अहिले प्रदेश दुईभरी चर्चा हुन थालेको छ । उनले बिशेष अभियान चलाएपछि गुण्डा नाईके , तस्करहरुको भागाभाग भएको छ ।
-
को हुन् सिहं ?
प्रहरी नायब उपरीक्षक ( डिएसपी ) हुँदा काठमाडौं प्रहरी परिसरमा काम गरेका सिंह काठमाडौंको सुरक्षा चुनौतिबारे जानकार प्रहरी अधिकृत हुन् । जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख हुँदा सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई गोली प्रहार गर्ने सुटर रुपेश गिरीलाई समेत उनले पक्राउ गरेका थिए ।पर्सामा प्रहरी प्रमुख भएका वेला उनले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए ।पछिल्ला पटक दाङका व्यवसायी राजकुमार श्रेष्ठ हत्याको प्रमुख अभियुक्तलाई पक्राउ गरेको श्रेय पनि उनैलाई जान्छ ।पर्सा र दाङका प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदा धेरै अभियानहरु सञ्चालनमा ल्याए । ती मध्ये आधा दर्जन अभियान अपराध नियन्त्रण एवं अनुसन्धानका सवालमा विशेष र महत्वपूर्ण रहे । संगठन भित्र कुनै पनि विवादमा नपरिकन निस्कलंक प्रहरी अधिकारीको छवि बनाएका सिंहको आफ्नो कार्यकाल विशेष र सफल रहेको संगठनको दाबी छ ।
त्यसपछि : एसएसपी दिवेश लोहनी सुन काण्डमा कारबाहीमा तानिएपछि महाशाखाको छवी गुमेको थियो ।
एसएसपी सिंहमाथि उपत्यकाभित्र शान्ति सुरक्षा मजबुत बनाउन र आपराधिक समूहलाई निगरानी गरी कार्यसम्पादन गर्ने ठूलो चुनौती थियो ।प्रहरी महानिरीक्षक ( आईजीपी ) सर्वेन्द्र खनालले महाशाखामा बस्दा बनाएको साख जोगाउन पनि सिंहमाथि चुनौती थियो । यो चुनौतीलाई आफू मातहतका प्रहरी कर्मचारीलाई परिचालन गरेर एसएसपी सिंह सफल भएको उनले गरेका कामहरुबाट नै पुष्टि हुन्छ । महाशाखामा बस्दा उनले आफूलाई अब्बल सावित गरेरै छाडे ।
एसएसपी सिंह प्रहरी प्रधान कार्यालयस्थित तालिम केन्द्रमा सरुवा भएका छन् । सिंहले नै राजधानीभित्रका गुण्डा तथा आपराधिक समूहको सूची तयार पारेर कारबाही चलाएका थिए ।त्यसैले एसएसपी सिंहको पालामा ठूला काण्ड हुन पाएनन् । हतियारको आडमा चर्को ब्याज असुल्ने मिटरब्याजीदेखि, अपहरणकारी, हत्यारा र फरार अभियुक्तसम्मलाई सिंहले कारवाहीको डण्डा बर्षाए । विभिन्न खेलमा हुने सट्टेबाजी गिरोहका नाइके नागराज भन्ने नथमल अग्रवाल पनि उनको फन्दामा परे ।
एसएसपी सिंहले एक वर्षको अवधिमा गुण्डागर्दीविरुद्ध आधा दर्जन बढि अपरेशन गरेका थिए । महाशाखाले असार ७ गते काठमाडौंको मूलपानीमा ‘खुँडे’ भनिने अमरबहादुर तामाङलाई गोली नै चलाएर नियन्त्रणमा लिएको थियो ।
शान्ति सुरक्षा मजबुत बनाउने क्रममा एसएसपी सिंहको कार्यकालका बेला ललितपुरको युएन पार्क नजिकै गुण्डा नाइके अशोक लामामाथि गोली प्रहार भएको थियो । उनीमाथि जवाफी कारबाहीस्वरुप गोली प्रहार गरेर पक्राउ गरिएको थियो । असार १५ गते कालीमाटीबाट गुण्डा नाइके राजनकुमार भुजेललाई पक्राउ गरेपछि टोलेगुण्डाहरूमा आतंक मच्चिएको थियो । महाशाखाले असार १२ गते ललितपुरका महेशबहादुर सिंह, विरेन्द्रलाल श्रेष्ठलगायतबाट हतियार जफत गरेको थियो ।
काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट हतियार राख्ने अनुमति लिएर महेशबहादुर सिंहले मिटर ब्याजको धन्दा चलाउँदै आएका थिए । ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद भुक्तान गरी छुटेका गुण्डा नाइके राजु गोर्खालीलाई काठमाडौं मलमा ठगी गरेको आरोपमा पक्राउ गरी मुद्दा चलाइयो ।१९ भदौ २०७५ मा गुण्डा नाइके सत्यमान लामा ठमेलबाट पक्राउ परे । गुण्डा छुटाउन पुगेकी नेकपाकी सांसद नवीना लामालाई एसएसपी सिंहले हप्काएर पठाएका थिए ।
अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमानलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।एसएसपी सिंहले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका नाइके समिरमान सिंह बस्नेतकी श्रीमती माया शेरचनसहित फरार रहेका सुटरहरु उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीलगायतलाई भारतबाट पक्राउ गरी मुद्दा चलाए । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शिव धिमाल र डिकेन्द्र राईलाई पनि एसएसपी सिंहकै टोलीले पक्राउ गरेर कारबाही गरेको थियो । रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाट गर्ने समिरमान समूहका नवराज तामाङ, दिपेश भन्ने सन्त बहादुर तामाङ, बिक्रम श्रेष्ठ र दिपक रन्जितकार र रवि कुमार तामाङ्गलाई डाँका चोरी समेतको कसूरमा महाशाखाले पक्राउ गरी अनुसन्धान गरेको थियो थियो । लुटपाटको यो घटना एकदमै डरलाग्दो भएपनि एसएसपी सिंहको विशेष सक्रियताका कारण आपराधिक गिरोह फन्दामा परेको थियो ।यो घटनामा मुछिएका एक डिएसपी पनि निलम्बनमा परेका छन् ।
त्यसैगरी , महाशाखाले नै काठमाडौंको बसुन्धरास्थित बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम बिष्फोट गराउने कार्यमा संलग्न बिशाल तामाङ भन्ने राजिब तामाङ, नुम बहादुर बिकलाई पक्राउ गरी बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान कारबाहीको लागि महाराजगञ्ज बृत्त पठाएको थियो । गोंगबुस्थित त्रिबेणी गेष्ट हाउसका सञ्चालक प्रबिण कुँवरको छोरा बर्ष ८ को प्रयास कुँवरलाई अपहरण गरी हत्या गर्ने कार्यमा संलग्न महेन्द्र एस.के.सार्कीलाई महाशाखा २४ घण्टा भित्र पक्राउ गर्न सफल भयो ।भक्तपुरमा वालक निशान खड्कालाई अपहरण लगत्तै हत्या गरेर फरार रहेका २ जना अभियुक्तको महाशाखाकै टोलीसँगको भुठभेडमा मृत्यु भएको थियो ।
जुन कारबाहीले समाजमा प्रहरीले राम्रो ग(यो भनेर प्रशंसा भएको थियो ।
बैकिङ कसूरमा फरार रहेका चर्चित व्यक्ति तत्कालिन किष्ट बैंकका सिइयो कमल प्रसाद ज्ञवालीलाई महाशाखाकै टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको थियो ।त्यस्तै, कैलालीको धनगढीमा केन्ट ट्रेड एण्ड सप्लायर्समा कार्यरत कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी लुटपाट गरेर फरार रहेका कालु राना र रामप्रवेश रानालाई महाशाखाले नै पक्राउ गरेको थियो । महिलाहरुलाई बिभिन्न प्रलोभनमा पारी ठगी गर्ने गिरोहका नाइके रविन कुमार चिमरिया पनि महाशाखाकै फन्दामा परेका थिए ।उनले विदेशबाट भर्खरै फर्किएको भन्दै महिलाहरुलाई प्रभावमा पारी लाखौं ठगेका थिए ।यता, वेरोजगार यूवाहरुलाई क्यानाडा पठाईदिने प्रलोभन देखाई ठगी गर्ने संगिता अधिकारी पनि महाशाखाकै पञ्जामा परेकी थिइन् । उनले धिरेन्द्र कुमार पुलामी, रामकृष्ण सुवाल, जयराम सुकुभटु, नबिन तामाङलगायतका व्यक्तिहरुलाई बैदेशिक रोजगारको लागि क्यानडा पठाईदिने भन्दै झण्डै १ करोड ठगेकी थिइन् ।त्यस्तै महाशाखाले भन्सार छली चोरी पैठारी गरी ल्याएको ७१ लाख ४८ हजार ५ सय बराबरको लेडिज कुर्ताहरु, सलहरु, पाईन्टहरु, सर्टहरु, आईड्रप्सहरु, ब्रेस्ट्रिम आयल, मोटर साइकलको ईन्जिनमा प्रयोग हुने सामानहरु बरामद गरि भन्सार कार्यालयमा पठाएको थियो । चाईनिज कस्मेटिक सामानहरुमा विभिन्न व्राण्डको स्टिकर राखी विक्री गर्ने गिरोहलाई पनि महाशाखाले कारबाही गरेको थियो । अबैध हुण्डी कारोबारीमाथि पनि महाशाखाले अप्रेसन चलाएको थियो ।
७१ लाख भन्दा बढि अबैध रकमसहित हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाही गरिएको थियो ।स्वच्छ छवि, भद्र र सालिन स्वभावका उनको कार्यकाल सफल हुनुमा संगठनका अधिकारीको साथ महत्वपूर्ण रहयो ।
प्रहरी–नागरिक सम्बन्ध विस्तार र सुधारमा प्रहरी संगठन भित्र उनको महत्वपूर्ण योगदान रहेको चर्चा छ ।प्रहरी संगठन शून्य सहनशीलतामा चल्नु पर्छ भन्ने धारणा राख्ने र सबैलाई मिलाएर अघि बढ्न सक्ने क्षमताका प्रहरी नायब महानिरीक्षक ( डिआइजी ) सिंह नेपाल प्रहरीका तल्ला दर्जालाई माया गर्ने प्रहरी अधिकारीका रुपमा परिचित छन् । कुनै पनि विवादमा नतानिएको, तल्ला दर्जाको प्रहरीका लागि सधैं हित चिताउने, जगबाटै राम्रो भयो भने प्रहरी संगठन सर्वोत्कृष्ट बन्न सक्छ भन्ने सोंच राख्ने, कुशल कार्य क्षमता, अपराध नियन्त्रण र अनुसन्धानमा कुनै पनि सम्झौता नगर्ने तथा सबै कुरा कानुन अनुसार नै हुनु पर्छ भन्ने उनको स्वभाव हो ।
कानुन कार्यान्वयनका सन्दर्भमा निक्कै कठोर रुपमा उत्रदै समाजमा व्याप्त लगुऔषध नियन्त्रण , अन्य अपराध, चोरी तस्करी नियन्त्रण गरेर सिंह चर्चामा रहे ।रौतहटको माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए । मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए । पुजारी हत्या प्रकरण लगायतका ठूला र जघन्य प्रकृतिका घटनाको सफल अनुसन्धानले पनि उनको अपराध नियन्त्रण र अनुसन्धान गर्ने क्षमता अब्बल छ भन्ने सावित गरेको सरोकारावालाहरु बताउँछन् ।
प्रदेश २ मा अवैध रुपमा भित्राइने गरेका साना हतियार तथा लागुऔषध, तस्करी नियन्त्रणमा उनको भूमिका महत्वपूर्ण रहयो ।
हकै पालामा प्रदेश २ प्रहरीले सञ्चालन गरेका अभियानहरुमा अपराध नियन्त्रण र अनुसन्धानका सवालमा प्रभावकारी बनेर गएका छन् ।लागुऔषध नियन्त्रण, तस्करी नियन्त्रण , घरेलुु मदिरा नियन्त्रण , मापसे (मादक पदार्थ सेवन) परीक्षा अभियान बढी प्रभावकारी देखिएका हुन् ।अभियानले नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन सहयोग गरेको सरोकारावालाहरुको भनाइ छ ।
नागरिक–प्रहरी सम्बन्ध सुधारसँगै अपराध नियन्त्रण, अनुसन्धान र शान्त समाज निर्माणमा प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणले सुरक्षित महसुस गर्न सकेको नागरिक अगुवाको भनाइ छ ।
यी हुन् प्रदेश २ मा प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहको सफल हुनुका कारण : प्रहरी नायब महानिरीक्षक सिंहलाई धेरै प्रहरी अधिकारीको साथ रहयो । जवानदेखि एसएसपी सम्मले गरेको सहयोग र माथिल्लो स्तरका प्रहरी अधिकारीकै सहयोगले २ नम्बर प्रदेशमा डिआइजी सिंह सफल बनेका हुन् ।विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न २ नं. प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले २ नम्बर प्रदेशका ८ वटै जिल्लामा थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले सिमानाका देखि गाउँ(सहरसम्म सक्रियता बढाएको थियो ।२ नम्बर प्रदेशका ८ वटै जिल्लामा हुने विभिन्न घटनाका बारेमा ‘अपडेट’ भएर त्यसका बारेमा सार्वजनिक गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गर्ने जिम्मेवारी बहन गरेका प्रहरी नायब महानिरीक्षक सिंहले गहन ढंगले सोचेर र विश्लेषण गरेर मात्रै बाहिर ल्याउँनाले नै उनि सफल रहेको अकलन गर्न सकिन्छ ।कुन कुराले दूरगामी असर पार्छ भन्ने कुरामा उनी ख्याल गर्छन् । अझैपनि प्रहरी कार्यालयमा आइपुग्ने अनेक झमेला र लफडाको निकास खोज्ने जिम्मेवारी पनि उनकै काँधमा छ । सबैला नगरपालिका वडा नम्बर (७ का २५ वर्षीय अरुण कुमार मण्डललाई गोली हानेर हत्या भएको थियो घटनामा संलग्नलाई पक्राउ र पहिचान गर्न डिआइजी सिंहको भूमिका महत्वपूर्ण थियो ।
त्यसैगरी : २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआईजी धिरज प्रताप सिंहको सक्रियतामा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन । रौतहट इँटा भट्टा बम बिस्फोट काण्डका फरार प्रतिवादी निलम्बीत कांग्रेस सांसद मोहम्मद अफताब आलमका सहयोगी पक्राउ परेका छन् ।श्री नारायण सिंह राजपुत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मो. अफताब आलमसमेत कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाको सम्बन्धमा मिति २०६४–१२–१७ गते १८ः३० बजेको समयमा जिल्ला रौतहट साविक राजपुर फरहदवा गा.वि.स वडा नं.४ हाल राजपुर नगरपालिका– ४ स्थित शेख ईद्रिसको गोठघरमा २०६४–१२–२८ गते हुने संविधान सभाको चुनावलाई लक्षित धाँधली गरी चुनाव जित्नको लागि प्रतिवादीहरुले विस्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा विस्फोट हुँदा जाहेरवाला श्रीनारायण सिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह राजपुत समेत १५–१६ जना घाइते भएका थिए । सोही घटनामा २–३ जनाको मृत्यु भएकोमा ती मृतक १५–१६ जना घाइतेलाई ट्याक्टरमा हालेर नजिकैको राजा इँटा भट्टामा लगेर जलाएका थिए ।
उक्त घटनाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्ने क्रममा रौतहटस्थित राजपुर नगरपालिका– ६ बस्ने शेष ईसलामका छोरा ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनपुरधामबाट खटिएको टोलीले आज बारा जिल्ला नेपाल–भारत सीमावर्ती क्षेत्र सिम्रोनगढबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ( डिएसपी ) मुकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो । पक्राउ गरिएका ती फरार अपराधीले अनुसन्धानको क्रममा घटनाका सबै घाइते र मृतकलाई मो. अफताब आलमकै निर्देशनमा बोरामा हालेर ट्याक्टरमा लोड गरी इँटा भट्टामा लगेर जलाएको बयान दिएको प्रहरी प्रवक्ता मिश्रले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
त्यसैगरी , कर्तव्य ज्यान मुद्दामा साढे दुई वर्षदेखि फरार रहेका सिरहा मिर्चैया नगरपालिका–१ का एक जनालाई प्रहरीले २०७७ साल जेठ १८ गते आइतबार पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका ब्यूरो टोलि र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त प्रहरी टोलीले मिर्चैया नगरपालिका– १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई पक्राउ गरेको हो। सिराहाको मिर्चैया नगरपालिका – ११ सीतापुरस्थित ससुराली घरमा लुकेर बस्दै आएका यादवलाई प्रहरीले सुराकीको आधारमा शनिबार राति पक्राउ गरेको हो। यादवसहितका दुईजनाले २३ असोज २०७४ मा कर्जन्हा नगरपालिका– १० प्रयागपुरका ३६ वर्षीय शशिभूषणप्रसाद साहलाई धारिलो हतियार प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी बिनोद घिमिरेले जानकारी दिनु भयो ।
घटनाका आरोपी सोमन भनिने रामइश्वर कापरीलाई प्रहरीले २५ पुस ०७४ मै पक्राउ गरेको थियो।यसै क्रममा , रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् ।प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ बर्षीय मुक्ति साहलाई जेठ २५ गते आइतबार पक्राउ गरेको हो ।भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका वडा नम्बर – ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उनले बताए ।२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २र३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताउनुभयो ।
त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५र१६ जना घाइते र २र३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
‘न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा प्रहरी सफल पनि देखिएको छ ।
’त्यसैगरी : प्रदेश २ प्रहरी प्रमुखको कमाण्ड सम्हालेको आठ महिना नबित्दै ८ जना प्रहरीहरुको जागीर गएको छ, भने १४ जना प्रहरीहरु निलम्बनमा परेका छन् । प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका निलम्बनमा परेका हुन् ।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ बैशाख ११ गतेदेखि साउन २३ गतेसम्ममा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मका ७५ जना प्रहरीहरुलाई विभागीय कारबाही समेत गरिएको छ ।सचेत गराइएको, नसिहत, ग्रेड घटुवा, पदोन्नति रोक्का, सेवाबाट हटाइएको, निलम्बन र स्वतः निलम्बन लगायतका कारबाही गरिएको छ । कारबाहीमा प्रहरी कार्यालय सहयोगी १, प्रहरी जवान ६ र प्रहरी सहायक निरीक्षक १ जना गरि जम्मा आठ जना प्रहरीको जागिर नै गएको हो ।भ्रष्टाचार विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले लकडाउनको समयमा तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहेको प्रमाण फेला परेपछि चार जना प्रहरीलाई गत जेठ २१ गते बुधबारका दिन निलम्बन गरेका थिए ।त्यस्तै सर्लाहीकै चन्द्रनगर गाउँपालिका वडा नं. ५ स्थित मोहनपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेश सहनीले नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध गरेको विभिन्न गतिविधिको यथेष्ट प्रमाण भेटिएकोले असई सहनीलाई साउन २३ गते शुक्रबारका दिन निलम्बन गरि थप कारबाही प्रकृया अगाडि बढाईएको छ । निलम्बनमा परेका १४ जना प्रहरीहरुमध्ये ५ जना प्रहरीहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहतमा रहेको विभिन्न प्रहरी चौकीमा कार्यरत रहेका थिए ।आठ वटै जिल्लाका तस्कर, दलाल, गुण्डा, फरार अपराधी, र रक्सी भट्टी लगायतलाई समेत उनले निशाना बनाएका छन् ।अपराध र अपराधीसँग कुनै पनि साँठगाँठ र सम्झौता नगर्नसमेत उनले मातहतका आठ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई कडा निर्देशन दिएका छन् । छिमेकी राष्ट्र भारतको बिहार प्रान्तमा स्थानीय सरकारले रक्सीमा प्रतिबन्ध लगाएपछि त्यसको असर सीमा जोडिएका प्रदेश २ का आठ वटै जिल्लालगायत अन्य जिल्लाहरुमा पनि परेको छ ।सिंहले मातहतका आठ वटै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा हुने छलफलमा विचौलिया ‘दलाल’हरुलाई अनिवार्य निषेध गर्नुपर्ने सर्कुलर समेत जारी गरेका छन् । उनिसँग फोनमार्फत भएको कुराकानीमा दलाललाई कसरी पहिचान गर्न सकिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘झगडा मिलाउन तेस्रो व्यक्ति आउनु भनेको दलाल हो ।’दलालको माध्यमबाट आर्थिक लाभको प्रलोभनमा परेर प्रहरीले पनि सहि गलत छुट्याउन नसकेको नजिरहरु रहेको उनले बताए । उनले भने, नेपाल प्रहरीको क्षेत्राधिकार भन्दा बाहिर गएर कुनै पनि किसिमको छलफल समेत नगर्न गराउन मातहतका आठ वटै जिल्ला प्रमुखहरुलाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।
सिंहले प्रदेश २ मा लागूऔषध, घरेलु हिंसा, बालविवाह लगायतका विभिन्न चुनौती रहेको बताए । उनले यस्ता कुरितीहरुको न्यूनिकरणका लागि प्रहरी र जनताबीचको सहकार्यको खाँचो रहेको उल्लेख गरे ।सिंहले प्रहरीको एकल प्रयासबाट मात्रै यस्ता विकृतिको अन्त्य हुन नसक्ने भएकोले प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु पर्नेमा जोड दिए ।प्रहरीलाई बर्दीसहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रण गर्दै उनले प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति कायम हुने विश्वास व्यक्त गरे । भ्रष्टाचार र अपराध विरूद्धको शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरेका डिआइजी सिंहले २०७७ बैशाख ११ गतेदेखि प्रदेश २ को कमाण्ड सम्हालेका हुन् । प्रदेश २ को कमाण्ड सम्हालेदेखि प्रदेश स्तरमा शान्ति सु–व्यवस्थामा सुधार, चोरी पैठारी, तस्करी, डकैती, अपहरण, फोन धम्की, चन्दा आतंक, सीमावर्ती अपराध, संगठित अपराध र बलात्कारजस्ता घटनाहरुमा न्यूनीकरण भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !