- काठमाडौं : कार्तिक २६ गते बुधबार ।।
- जनप्रभाब न्यूज
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धीरजप्रताप सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केहि दिनअघि स्वाब दिएका डीआईजी सिंहको पीसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि सिंहलाई मंगलबार थप उपचारका लागि जनकपुरबाट काठमाडौँको प्रहरी अस्पताल ल्याइएको छ । सिंहको पारिवारिक स्रोतका अनुसार डीआईजी सिंहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
‘कोरोना संक्रमण पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौँको प्रहरी अस्पतालमा भर्ना गरेका छौं । अक्सिजन चढाउने काम भइरहेको छ । अहिले स्वास्थ्य ठिकै छ,’ सिंहको परिवारले जानकारी दियो ।
प्रहरी अस्पतालमा अन्य कोरोना अस्पतालको तुलनामा कोरोनाको उपचार तथा व्यवस्थापन राम्रो छैन । अस्पतालको व्यवस्थापन पक्षले कोरोनाको उपचार व्यवस्थापनमा सुधार ल्याउनुपर्ने अस्पतालमै कार्यरत एक प्रहरी अधिकृतले जनप्रभाबसँग भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !