- काठमाडौं : कार्तिक २६ गते बुधबार ।।
- जनप्रभाब न्यूज
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल उनकै प्रेस सल्लाकार सुर्य थापाले दुरूपयोग गरेका छन् । यसअघि पनि पटक-पटक दुरूपयोग भएको प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट थालाले विवादास्पद ट्वीट गरेका छन् ।
प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डल केपी शर्मा ओलीबाट आफू कोरोना संक्रमित भएर निको भएको ट्विट गरिएको छ। त्यतिमात्र होइन प्रधानमन्त्रीकै ह्याण्डलबाट हामि दुई भन्दै सुर्य थापा र पत्रकार मात्रिका पौडेलको फोटो सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीको ट्विटर ह्याण्डलबाट ‘हामी दुई कोरोना संक्रमण जितेपछि पहिलो भेट’ भनिएको छ। त्यसलगत्तै सो ट्वीट उक्त ह्यान्डलबाट हटाएर सुर्य थापाको ह्यान्डलबाट पोस्ट गरिएको छ ।
प्रधानमन्त्रीकै ट्वीटबाट पत्रकार पौडेललाई नयाँ व्यवसायिक यात्राको शुभकामना दिइएको छ। सोही ट्विटरमा पौडेलले खुसी हुने योजना सुनाउँदा दुवै दंग परेको समेत उल्लेख छ।
उक्त ट्विटमा थापा र पौडेलको तस्बिर राखिएको छ । उक्त ट्विट तत्कालै डिलिट गरिएको थियो ।
प्रधानमन्त्री जस्तो व्यक्तिको ह्यान्डलबाट आपत्तिजनक ट्वीट भएपछि अहिले सामाजिक संजालमा यसको चर्चा र व्यंग्य भैरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !