- सिरहा : कार्तिक २५ गते मंगलवार ।।
- जनप्रभाब न्यूज
प्राचिन राजा हरिसिहं देवले खनेको पतारी पोखरी जिर्णोद्वारका नाममा अनियमितता भएको पाईएको छ ।
सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिकाले पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिहं देव मन्दिर निर्माणका लागि विनियोजन गरेको १ करोड ५० लाख रुपैयाबाट १५ प्रतिशत रकमान्तर गरि अनियमितता गरिएको खुल्न आएको छ ।
पतारी पोखरीको माटो खन्ने तथा पानी भर्ने शिर्षकमा रकमान्तर गरि अनियमितता गरिएको प्रमाण जनप्रभाब न्यूजले फेला पारेको हो ।
जनप्रभाब लाई प्राप्त प्रमाणअनुसार राजा हरिसिहं देव मन्दिर निर्माणको मात्रै होईन , अन्य शिर्षकमा बिनियोजित रकम पनि पतारी पोखरीमा माटो खन्ने र पानी भर्ने शिर्षकमा रकमान्तर गरि पटकपटक अनियमितता गरेको देखिन्छ ।
पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिंह देव मन्दिर निर्माणका लागि आर्थिक बर्ष ०७४ । ०७५ मा विनियोजित १ करोड ५० लाख बाट पतारी पोखरीको माटो खन्न र पानी हाल्न १५ लाख रकमान्तर गरिएको देखिन्छ भने गाउँपालिकाको मुल सडक ( रामपुर ब्रम्हपुरी सीमास्तम्भ सम्म ) को मर्मतका लागि विनियोजित ३७ लाखबाट पनि १६ लाख रुपैयाँ रकमान्तर गरिएको देखिन्छ ( हे. तस्विर )।
त्यस्तै, श्री ज.न.ल.मा.वि. को फिल्डमा माटो भर्ने आयोजनाको २ लाख र बजार ब्यवस्थापनको लागि माटो फिलिगं गर्ने कार्यको २ लाख रुपैयाँ पनि सो पोखरीको माटो निकाल्ने र पानी भर्ने शिर्षकमा रकमान्तर गरिएको जनप्रभाबलाई प्राप्त गाउँकार्यपालिकाको बैठकको माईन्युट पुस्तिकामा उल्लेख गरिएको छ ।
बजेट रकमान्तरका लागि बसेको कार्यापालिकाको बैठकको निर्णयमा उल्लेख गरिएको छ, पतारी पोखरीको माटो खन्ने तथा पानी भर्ने आयोजनाको लागि रु. १० लाख र २५ लाख गरि जम्मा रकम ३५ लाख पुर्याइएको छ ।
उतिबेला रकमान्तर गरिएको उक्त रकम पतार पोखरीको माटो निकाल्ने र पानी भर्ने कार्यमा लगाईएको भने पाईदैन ।
सिरहामा भएका अन्य पोखरी भन्दा पतारी पोखरी निकै गहिरो र कहिल्यै पानी नसुक्ने पोखरी हो , नाम उल्लेख नगर्ने शर्तमा एक स्थानियले जनप्रभाबसँग भने , पतार पोखरीको नाममा बर्षेनी अनियमितता गर्दै आएको बिषयमा गाउँपालिका प्रमुख रामबल्लभ साह बिरुद् अख्तियारमा धेरै उजुरी पनि परेको छ ।
बजेट रकमान्तर गर्न बसेको बैठकको अध्यक्षता गाउँपालिका प्रमुख साहंले गरेको देखिन्छ । त्यस्तै रकमान्तर गर्ने निर्णयमा गाउँपालिका उपाध्यक्ष आशा देवी यादव , गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले हस्ताक्षर गरेकाछन् ।
त्यस्तै अन्य हस्ताक्षरकर्ताहरुमा लक्ष्मिपुर पतारी गाउँ कार्यपालिकाका सदस्यहरु क्रमशः मनिकलाल यादव , धर्मेन्द्रकुमार राय यादव , हनुमान मण्डल , जिरिया चमार , रितादेवी मोची , अमृतादेवी दास र सत्यनारायण साह छन् ।
गाउँकार्यपालिका सदस्यहरु विद्यानन्दन साह सुडी , देवकुमार यादव , राजेस्वर साह सुडी र किसुन वातित्माले भने अख्तियारको कार्वाहीमा परिने सभांबना रहेकाले उक्त निर्णयमा आफूहरुले सहि नगरेको बताए ।
गाउँपालिका अध्यक्ष साहबाट मोटो रकमको प्रस्ताव आएको थियो , निर्णयमा हस्ताक्षर नगरेका एक कार्यपालिका सदस्यले जनप्रभाबलाई भने , तर फसिने संभाबना देखेपछि हामी चारजना सदस्यले उक्त निर्णयमा हस्ताक्षर गरेनौँ ।
प्राचिन राजा हरिसिहं देव भारत , सिमरनगढ राज्यका राजा थिए । सन् १९५४ मा जाड शासकहरुसँगको युद्मा पराजित भएपछि राजा हरिदेव सपरिवार र भाईभारदार सहित बाग्मतीको किनार हुँदै भागेर सिन्धुलीमा केही समय बसेको ईतिहास पढ्न पाईन्छ । भनिन्छ सिन्धुलीपछि भक्तपुर र काठमाण्डौमा गई बसेका राजा हरिसिहंदेव फर्किएर पतार ( हालको लक्ष्मिपुर पतारी ) मा बसेकाथिए । उनैको पहलमा पतार पोखरी खनिएको शिलालेखहरुमा उल्लेख गरिएको पाईन्छ ।
पर्यटकिय दृष्टिले महत्वपूर्ण पतारी पोखरी र पोखरीकै किनारमा रहेको हरिसिहं देव मन्दिर पर्यटनबोर्डमा सुचिकृत छ ।
पतारी पोखरी र राजा हरिसिहं देव मन्दिर निर्माण र जिर्णोदरका नाममा यस गाउँपालिकाले प्रत्येक आर्थिक बर्ष करोड बढि रकम विनियोजन गर्दै आए पनि हालसम्म पोखरी वरिपरी ढलान गर्ने कार्यमात्रै भएको स्थानियको भनाई छ ।
बिगतका बर्षहरुमा टेण्डर गर्न सकेनौँ , मन्दिर र पोखरी रहेको वडा नं.३ का वडाध्यक्ष हनुमान मण्डल भन्छन् , चालु आर्थिक बर्षमा मन्दिर बनाउन र पोखरी जिर्णोदरका लागि २ करोड छुट्याएका छौँ , छिटै टेण्डर गर्छौँ ।
पर्यटकिय हिसावले महत्वपुर्ण मानिएको राजा हरिसिहं देव मन्दिर निर्माण र पोखरीको जिर्णोदरमा प्रदेश सरकारले कुनै पनि सहयोग नगरेको बताउँदै गाउँपालिका प्रमुख रामबल्लभ साहले भने , यो ऐतिहासिक पर्यटकियस्थलको नाममा मैले अनियमितता गरेको भनेर बिपक्ष दलका चुनावहारेकाहरुले आरोप लगाएका हुन् , त्यसमा कुनै सत्यता छैन ।
तर स्थानियहरु गाउँपालिका प्रमुख साह , तत्कालिन प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महत , वडा नं. ३ का अध्यक्ष हनुमान मण्डल र उक्त पोखरी जिर्णोदर उपभोक्ता समितीमा बसेका वडाध्यक्षका भाई अनरुद् कुमार मण्डलको मिलोमतोमा अनियमितता भएको दावी गर्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !