- आलोक यादव
- लहान : कार्तिक २५ गते मंगलवार ।।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद थापा क्षेत्रीले अबैध सुनचाँदी सञ्जाल बिरुद् अभिायन सुरु गरेकाछन् ।
मिति २०७६।११।१३ गते लहान १९ छारापट्टि स्थित ना.४ ख. ९३५७ नम्बरको मोटरसाइकल चालक जिल्ला सिरहा लहान न.पा.वडा नं. १९ वस्ने मो.रहमानको साथवाट रु ३४,५०००० बराबरको सुन बरामद गरि डिएसपी थापा क्षेत्रीले उक्त अभियान सुरु गरेका थिए ।
डिएसपी थापा क्षेत्रीले २०७६।१०।१९ गते लहान ७ स्थितवाट अवैध चाँदीको गहना , चाँदीको ठुलो ब्रास्लेट थान २७, सानो ब्रास्लेट थान १८ , औँठी थान १९६, बाला थान ५८,लेडिज ब्रास्लेट थान २५,ड्राईगेन थान ४० गरी जम्मा ६ किलो ७५० ग्राम अन्दाजी मुल्य रु ४,६०,५०० बराबरको चाँदी बरामद गरेका थिए ।
त्यस्तै २०७६। १०।०१ गते सशस्त्र प्रहरी सहायक हबल्दार प्रेम कुमार चौधरीको साथ बाट १५ ग्राम ९२० मिली सेतो हिरोइन २०० मिली ग्राम पक्राउ गरी कार्बाही चलाएका थिए , डिएसपी थापा क्षेत्रीले ।
२०७६।०९।०५ गते अजय कुमार चौधरी र रंजित कुमार यादबको साथ बाट ९ प्याकेट ब्राउनसुगर साथै नाईटोभेट टयाब्लेट ३० तिस पिस पक्राउ गरेका थिए ।
डिएसपी थापा क्षेत्रीले २०७६।१०।०१ गते लहान ३ तिन स्थित राकेश कुमार महतो र कान्छा महतो ,सुमित गुप्ता ,लक्ष्मेश्वर महतो ,धनिकलाल महतो को साथ बाट बराउन सुगर १३ प्याकेट साथै १० पुरीया गाँजा समेत पक्राउ गरी कार्वाही चलाउन सफल भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !