- काठमाडौं : कार्तिक २४ गते सोमबार ।।
- जनप्रभाब न्यूज
कञ्चनपुरमा अत्याधुनिक हतियार देखाएर जुवाको रकम लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान खेतमा जुवा खेलिरहेका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर ३ लाख ९५ हजार रुपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वेदकोट नगरपालिका १ पिपलथलाका केदार विष्ट, वडा नम्बर २ वसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार बेलुका एक थान सेमी अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !