- पाल्पा : कार्तिक २३ गते आइतबार ।।
- जनप्रभाब न्यूज
जिल्ला प्रहरी कार्यालय पाल्पाले झण्डै १३ लाख बराबरको डाका चोरी काण्डमा संलग्नहरूलाई पक्राउ गरेको छ।
रामपुर नगरपालिका–८ ढकालचौपारीकी मनकुमारी श्रेष्ठको घरमा कात्तिक १८ गते बिहान डकैती गर्ने समूहका दुई जनासहितलाई पक्राउ गरेको पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सन्तोषकुमार भट्टराईले जानकारी दिए । उनले घटनामा घरपरिवारकै सदस्यहरूको मिलोमतो रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए।
मनकुमार श्रेष्ठको घरमा अपरिचित ३ जना व्यक्तिहरू अचानक खुकुरी देखाई कुटपिट गरी डर धम्की दिइ बाकस र दराजमा रहेको नगद तीन लाख अन्ठाउन्न हजार र सुनका विभिन्न गरगहना गरी अन्दाजी ९ लाख ५० हजारको लुटपाट गरी लगेका थिए’, एसपी भट्टराईले भने।
‘घटनाका सम्बन्धमा अनुसन्धान गर्दै जाँदा घरधनी मनकुमार श्रेष्ठकी बुहारी ३५ वर्षीया राममाया श्रेष्ठ र नवलपरासी (पूर्व) बौदीकाली गाउँपालिका– ३ घर भई हाल रामपुर नगरपालिका– ५ बस्ने ३० वर्षीय माधव पंगेनी समेतको मिलोमतोमा योजना बनाइ डाका चोरी गरी लुकाई छिपाई राखेको सम्पूर्ण नगद तथा गरगहनाहरू बरामद गरी डाका चोरी मुद्धाअन्तर्गत अनुसन्धान प्रक्रिया जारी रहेको छ’, पाल्पाका प्रहरी प्रमुख एसपी भट्टराईले बताए।
