
- सिरहा : कार्तिक २२ गते सनिवार ।।
- जनप्रभाब न्यूज
सिरहा नगरपालिकाद्धारा जिल्ला प्रहरी कार्यालय सिरहा मातहतमा रहेको नगर प्रहरी सिरहालाई ११ थान साईकल हस्तान्तरण गरि सहयोग गरेको छ ।

जिप्रका सिरहामा आयोजना गरिएको साईकल हस्तान्तरण कार्यक्रममा सिरहा नगरपालिका प्रमुख अशेश्वर प्रसाद यादवको प्रमुख अतिथियमा साईकल वितरण गरिएको हो ।

साईकल हस्तान्त्रण गर्दै नगरपालिका प्रमुख यादबेले शान्ति सुरक्षाका लागि समयमा नगरपालिका क्षेत्रमा पुग्न नसकेको जस्ता समस्या अब देख आउनु हुदैन । नगरपालिका क्षेत्रमा हुने लागू पदार्थ दुरव्यशन तथा सामान्य समस्याहरुलाई रोकथाम तथा नियन्त्रण गरी नगरवासीहरुलाई शान्ति सुरक्षा प्रभावकारी रुपमा हुनु पर्नेे विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिपराज कडेल, प्रहरी उपरीक्षक ( एसपी ) उमा शंकर पंजियार, वडा नं. ११ को वडा अध्यक्ष बिनोद कामतिको उपस्थिति रहेको थियो ।




















