- लहान : कार्तिक २२ सनिवार ।।
- जनप्रभाब न्यूज
प्रहरी नागरिकको भरोसा । तर कपितय सन्दर्भमा प्रहरीले शान्ति सुरक्षा,सुशासन कायम गर्न नसकेको भन्ने आरोप लागिरहँदा लहान प्रहरीले भने ईलाकाबासीको मन जितेर ईलाकाभर शान्ति सुरक्षा अमनचयन कायम गर्न सफल भएको स्वयं ईलाकाबासीलेनै बताउने गरेका छन् ।
बिशेष सुरक्षा योजना लागू गरेर चाडबाड लक्षित सुरक्षा ब्यवस्था भरपर्दो मिलाएपछि कुनै अबान्छित गतिबिधि नभएको पनि लहान प्रहरीले जनाएको छ ।
गुण्डागर्दीको आडमा सर्वसाधारणलाई दुख दिने प्रवृत्ति पनि प्रहरीको सक्रियताका कारण निस्तेज भएको भन्दै ईलाकाबासीले ईलाका प्रहरी कार्यालय लहान ( क ) नेतृत्वको खुलेर प्रशंसा गर्ने गरेका छन् ।
ईलाका प्रहरी प्रमुख भएर प्रहरी नायव उपरिक्षक शरत कुमार थापा श्रेत्रि आएपछि शान्ति सुरक्षामा कुनै कमी नभएको स्थानीयबासी बताँउछन् ।
अब नजिकिंदो तिहारमा पनि प्रभावकारी रुपमा शान्ति सुरक्षाको प्रबन्ध मिलाईको ईलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।
सरकारको नीति निर्देशन,आम नागरिकको अपेक्षा अनुसार आफ्नो नेतृत्वमा प्रहरी जनताको सेवामा खटिएको पनि थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !