- महोत्तरी : कार्तिक २१ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको संसदीय बिकास कोषको रकममा व्यापक अनियमितता भएको पाईएको छ ।
महोत्तरीको क्षेत्र नं. ३ बाट निर्वाचित समाजवादी पार्टीका अध्यक्ष ठाकुरको संसदीय विकास कोषबाट पोखरी सौन्दर्यीकरणमा नाममा छुट्टयाईएको ५० लाख रकममा व्यापक अनियमितता भएको पाईएको हो ।
महोत्तरीको एकडारा गाउँपालिका ५ बेहडा गाउँमा रहेको साहुजी पोखरी निर्माण तथा जिर्णोद्धारका लागि सांसद ठाकुरको संसदिय विकास कोषबाट छुट्टयाईएको ५० लाख कामै नगरी भुक्तानी गरिएको पाईएको छ ।
गत आर्थिक वर्ष २०७६÷०७६ मा पोखरी सौन्दर्यीकरण तथा जिर्णोद्धारका लागि गाउँपालिकाले १० लाख ५० हजारको खर्चमा डिपिआर तयार गरी थालिएको काम पुरा नहुँदै भुक्तानी दिईएको छ ।
साहुजी पोखरी निर्माण तथा जिर्णोद्धारका लागि एकडारा गाउँपालिकाले गत अषाढको भारी वर्षातमा राज ईन्टरप्राईजेज जलेश्वरलाई २० दिनमा काम सक्ने गरी ठेक्का कबोल गरेको थियो ।
कामै नगरी ठेक्केदारलाई ४० लाख भुक्तानी
पोखरी निर्माणका लागि गाउँपालिकाले राज ईन्टरप्राईजेजसंग मुल्य अभिबृद्धि कर बाहेक ४० लाख ८७ हजार ८ सय ९३ रुपैयाँमा २०७७ अषाढ ८ गते सम्झौता गरेको थियो । सम्झौता भएको २० दिन अर्थात अषाढ २८ गते भित्रमा काम गरिसक्नुपर्ने भएपनि हालसम्म ठेकेदारले कामै नगरी ३७ लाख ८ हजार ५ सय ८६ रुपैया भुतmानी लिइसकेको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्याङकमा उल्लेख छ ।
असाढ मसान्तमा बाढी आएकै बेला गाउँपालिकाले पोखरी सौन्दर्यकरणका लागि ठेक्केदारसँग सम्मmौता गर्नुले उनिहरुको नियतमा प्रश्न चिहन उठेको छ । स्थानीय रामस्नेही मण्डलले भने, ‘४० लाखको काम सकाउन २० दिनको समय आफैमा नीतिगत भ्रष्टाचार हो । एउटा सामान्य मानिसले समेत आँकलन गर्ने कुरा हो । भौतिक पूर्वाधार निर्माण समय लाग्छ भनेर तर यहाँ अनियमितताकै निमित्त अषाढ मसान्तमा सम्झौता गरेरे पुरै रकम भ्रष्टाचार गरेको छ ।’
अषाढ मसान्तको अन्तिम समयमा काम गर्न नसक्ने यर्थात थाहा हुँदाहुदै पनि गाउँपालिका र ठेकेदारसंगको २० दिने सम्झौतामै नीतिगत भ्रष्टाचार भएको नेपाल विद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोष झाको भनाई छ । झाले भने, ‘ ठेक्केदारले जनप्रतिनिधीहरुको मिलोमत्तो कमिशनको तालमेल गरेर भुक्तानी लिइसकेको छ, तर काम एक सुक्को पनि भएको छैन ।’

















