- जनकपुरधाम : कार्तिक २० गते बिहीबार ।।
- जनप्रभाब न्यूज
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न रोक लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै नेता यादवले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टा नेपाल मात्र लेख्नु भनेर मातहतका निकायलाई पत्राचार गर्नु जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनका साथै महान् शहिदहरुको अपमान र संघीयता विरोधी कदम भएको टिप्पणी गरेका हुन् ।
असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ लेख्ने निर्णय गरेर कार्यान्वयनका लागि कानुन मन्त्रालयले मातहतका निकायलाई पत्रचार गरेको थियो ।
उनले देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छा अनुसार चलाउन खोजिएको औल्याउँदै यस्ता निर्णय तुरुन्त सच्याउन सरकारसँग मागसमेत गरेका छन् ।
विज्ञप्ति-


















