Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पत्रकार विरेन्द्र साहको हत्यारा पक्रने एसपी पंगेनीको एक स्ट्रिङ अप्रेसन : जसले प्रदेश दुईमा भित्रने लागुऔषधको ‘नेक्सस’ तोड्यो


  1. उपरिक्षक कृष्ण पंगेनी काठमाडौ उपत्यकाको काठमाडौ प्रहरी परिसर, थानकोट र अख्तियार जस्ता स्थानमा समेत बसेर कुशल कार्य शैली प्रदर्सन गरेका थिए ।

  2. पंगेनी बारामा आए लगतै लामो समयदेखी फरार पत्रकार विरेन्द्र साहका हत्याका योजनाकार कुन्दन फौजदारलाई पक्राउ गरेका थिए । केही महिना नवित्दै अर्का अपराधी जो पत्रकार साहकै हत्यारा हरेराम पटेललाई समेत पक्राउ गर्न सफल भएका थिए ।


  • बारा : कार्तिक १९ गते बुधबार ।।
  • जनप्रभाब : आलोक यादव


अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित प्रहरी उपरीक्षक ( एसपी ) कृष्ण पंगेनीले जिल्ला प्रहरी कार्यालय बारामा २६ माघबाट कमान्ड सम्हाले ।

पंगेनी काठमाडौ उपत्यकाको काठमाडौ प्रहरी परिसर, थानकोट र अख्तियार जस्ता स्थानमा बसेर कुशल कार्य शैली, अपराध अनुसन्धानमा पोख्त सिनियर अधिकृत हुन् ।

बारा आउन साथ पंगेनीले पहिलो प्राथमिकतामा भारतीय सीमाबाट भित्रने लागुऔषधको ‘मेन नेक्सस’ तोड्ने योजना बनाए ।

प्रहरी उपरिक्षक पंगेनीले बारा प्रहरी नेतृत्व समाले यता जिल्लामा विभिन्न घटनाका लामो समयदेखी फरार अपराधीहरुलाई पक्राउ गर्ने, लागुऔषध नियन्त्रण, महिला हिंसा तथा बालबालिकाको संरक्षणका लागि जनचेतना जगाउने कार्यक्रम गरेर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।

उनी बारामा आए लगतै लामो समयदेखी फरार पत्रकार विरेन्द्र साहका हत्याका योजनाकार कुन्दन फौजदारलाई पक्राउ गरेका थिए । झण्डै आधा दर्जन प्रहरी प्रमुखहरुले पक्राउ गर्न नसकेको अपराधीलाई प्रहरी उपरिक्षक पंगेनीले पक्राउ गरेर कर्तव्य निष्ट प्रहरीको भुमिका निर्वाह गरेका थिए । तस्तै बारा आएको केही महिना नवित्दै अर्का अपराधी जो पत्रकार साहकै हत्यारा हरेराम पटेललाई समेत पक्राउ गर्न सफल भएका थिए ।

तत्कालीन माओवादीले १८ असोज २०६४ मा र्वासिरा–८ बस्ने ३४ बर्षका पत्रकार बिरेन्द्र साहको अपहरण ग¥यो ।

तत्कालीन उम्जन गाविस पिप्रा बसतपुरबाट अपहरणमा परेका उनको शव २२ कात्तिकमा साविकको डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । शवसँगै गाडिएको डटपेन र डायरी अहिले पनि नेपाल पत्रकार महासंघमा सुरक्षित छ ।
साह त्यतिखेर बारा जिल्लाबाट एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा खबर पठाउँथे । उनी तत्कालीन नेकपा (एमाले) निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत थिए । साहको हत्या भएपछि दोषीमाथि कारबाहीको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिए ।

कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेतका ५ जनाले अपरहण गरी गोली हानेर हत्या गरेको आरोपमा पत्रकार साहका परिवारजनले प्रहरीमा उजुरी दिए ।

वीरेन्द्रसँगै अपहरणमा परेर मुक्त भएका रामदेव दासले जिल्ला प्रहरी कार्यालय बारालाई दिएको जानकारीअनुसार १८ असोज ०६४ मा वीरेन्द्रसँगै उनी सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको कार्यालयमा पुगेर काठ खरिद गरी पिपरा बजारमा खाजा खान बसेका थिए ।

त्यहीबेला माओवादी कार्यकर्ता कुन्दन फौजदार र रामएकबाल सहनी आएर ‘अवैध काठ समातेका छौं, समाचार बनाउनुप¥यो’ भनेका थिए । वीरेन्द्रले ‘क्यामेरा ल्याएको छैन, म मात्रै जान्न’ भनेपछि कुन्दनले वीरेन्द्र र रामएकबाल सहनीले रामदेवलाई पेस्तोल देखाएर अपहरण गरेका थिए ।

नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले २३ असोज ०६४ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर साहको अपहरण नेकपा (माओवादी) ले गरेको निश्कर्ष सुनायो ।

प्रहरीले बारा ईनर्वाशिरा–९ बस्ने ३४ बर्षका मनेजर गिरीलाई ०६५ असोज १९ गते र बारा खोपवा–८ बस्ने २६ बर्षका राम एकवाल सहनीलाई त्यही वर्ष पुष २१ गते पक्राउ गरी अनुसन्धान शुरु ग¥यो । बारा जिल्ला अदालतले उनीहरुलाई सर्वस्वसहित जन्म कैदको फैसला ग¥यो । उनीहरु कैद भुक्तानका लागि कारागारमा छन् ।

बारामा मारिएका पत्रकार वीरेन्द्र साह ।

तर हत्याका मुख्य अभियुक्तको रुपमा रहेका कुन्दन भन्ने नरेन्द्र कुमार फौजदारलाई प्रहरीले राजनीतिक पहुँचको कारण पक्राउ गर्न सकिरहेको थिएन । प्रहरीले फरार भने पनि उनी गाउँमै थिए । स्थानीय विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत बनेका थिए ।

यसरी पक्राउ परे कुन्दन फौजदार

१२ बर्षपछि खोलो फर्किन्छ भन्ने नेपाली उखान चलन चल्तीमा छ । वीरेन्द्र साहको परिवारले १२ वर्षपछि न्याय पाउने छाँटकाट देखिएको छ ।

साहको अपहरण तथा हत्या प्रकरणका मुख्य अभियुक्त कुन्दन भन्ने ५१ बर्षीय नरेन्द्रकुमार फौजदारलाई प्रहरीले आइतबार बिहान २ बजे गाउँबाटै पक्राउ गरेको छ । बारा गडहल गाविस वडा नं.५ हाल परिवर्तित बारागढी गाउँपालिका–६ गडहल टोलबाट फौजदारलाई नियन्त्रणमा लिएको हो । गाउँघरमा प्रवेश गरी लुकिछिपी बसेको कुरा प्राविधिक अनुसन्धान तथा विशेष सुराकीको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनले जानकारी दिए ।

फौजदार बस्न सक्ने सम्भावित एरियालाई घेरा हालेर सर्च गर्ने क्रममा घरबाटै नियन्त्रणमा प्रहरीले जनाएको छ । उनी आफैं प्रहरीलाई छक्याएर भाग्न खोजेका थिए भने परिवारजन तथा छरछिमेकीले अवरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायरसमेत गर्नुपरेको एसपी पंगेनीले बताए ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी फौजदारलाई बारा जिल्ला अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल उपाध्याय प्रहरीको कदम सकारात्मक भए पनि पूर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको बताउँछन् । ‘महासंघले पहिलेदेखि नै सबै अरोपीलाई समातेर कारबाही हुनुपर्छ भन्ने माग गर्दै आएको हो । फौजदारलाई पक्राउ गरेर सकारात्मक कदम चालेको छ’ उनले भने, ‘सम्पूर्ण आरोपीलाई पक्राउ गरेर कारबाही हुनुपर्छ ।’

साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी, हरेराम पटेललाई पक्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिए पनि उनीहरु पक्राउ परेका छैनन् ।

अवैध गतिविधिमा फौजदारको संलग्नता

पत्रकार साह हत्यामा पक्राउ परेका फौजदार विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । फौजदार डाँका मुद्दा र औषध मुद्दामा समेत फरार सूचीमा रहेको प्रहरीले जनाएको छ ।

उनीसहित आठ जनाको समूहले हातहतियार देखाएर २० कात्तिक २०६८ गडहलका दीपेन्द्रप्रसाद यादवसमेतको घरबाट सुन चाँदीका गरगहना र नगद तीन लाख लुटपाट गरेका थिए र, डाँका मुद्दामा उनी फरार सूचीमा थिए ।

लागू औषध मुद्दामा पनि फौजदारको संलग्नता रहेको प्रहरी रेकर्डमा देखिएको छ । उनी २०७५ जेठ २४ गते कलैया उपमहानगरपालिका–१ स्थित सडकमा सवारी साधन चेकजाँचको क्रममा ना.२ ह १५५८ नम्बरको अटोमा लागुऔषध फेनारगन ७७ पिस, नुर्फिन २५ पिस र डाइजेल्याब १ पिस फेला परेको थिए ।

धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको विशेष टोलीले जिल्ला बारा जितपुर सिमरा उप(महानगरपालिका वडा नं.२ स्थित सिमरा चोकमा पैदल यात्रु तथा सबारी साधनहरु चेक जाँच गर्ने क्रममा राती अं.२२ः०० बजे वीरगंज देखि बनेपाको लागि छुटेको ना.६.ख.९०९९ नं. को यात्रुबाहक बस तथा सवार यात्रु समेतको चेक जाँच गर्ने क्रममा बसभित्र यात्रु सिटको माथि सामान राख्ने (याकमा पिठ्युमा भिड्ने झोला भित्र नुर्फिन १,००० पिस, फेनारगन १,००० पिस र डाइजेपाम १,००० पिस गरी जम्मा ३,००० एम्पुल अवैध लागू औषध लुकाई छिपाई राखेको अवस्थामा फेला पारी अवैध लागू औषध कारोबारमा संलग्न सो बसका सह चालक जिल्ला बारा देवताल गाउँपालिका वडा न.०५ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१८ नेश्नल मेडिकल कलेज छेउमा डेरा गरी बस्ने बर्ष २१ को अमित कुमार नुनियालाई पक्राउ निजलाई लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिनु भयो।

त्यसैगरी : २०७७र०७र१४ गते अं.०६ः०० बजे जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बेल्दारीबाट खटीएको सन्युक्त गस्ती टोलीले जिल्ला बारा पचरौता न.पा.वडा नं.४ बेल्दारी टोल स्थित नेपालबाट भारततर्फ साइकल चलाई जाँदै गरेका जिल्ला बारा पचरौता न.पा.वडा नं.३ रामनगर बस्ने बिरलाल यादबको छोरा बर्ष २० को बिनोद यादबलाई शरिरमा लुकाई छिपाई राखेको अवैध लागूऔषध अफिम २ के.जि. र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवैध लागू औषध गाँजा २ के.जि. सहित फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

त्यसैगरी : मिति २०७७र०७र०५ गते बिहान अं.०९ः३० बजे जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.०२ स्थित तराई धर्मकट्टा अगाडि वीरगंज पथलैया सडक खण्डमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको सन्युक्त प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नं.को यात्रु बाहक बसमा सवार यात्रु तथा सामानहरु चेकजाँच गर्ने क्रममा बसको पछाडि सिटमा बसेका जिल्ला रौतहट साबिक गा.वि.स.बसविटी जिंगडीया वडा नं.१ हाल गरुडा नगरपालिका वडा नं.८ बस्ने राम एकवाल महराको छोरा वर्ष २७ को हरि रामलाई ५ (पाँच) वटा पोका भित्र नाईट्राभेट(१० लेखिएको ५० (पचास) पत्तामा जम्मा १५००र((पन्ध्र सय) पिस ट्याबलेट र १७ पोकामा नुफिन लेखिएको ८५०।– (आठ सय पचास) पिस, फेनारगन लेखिएको ८५०।– (आठ सय पचास) पिस र डाईजेपाम लेखिएको ८५०।( (आठ सय पचास) पिस गरी जम्मा २,५५०।– (पच्चिस सय पचास) एम्पुल अवैध लागू औषध आफ्नो साथमा बोकि ल्याएको झोला भित्र लिकाई छुपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनु भयो ।

त्यसैगरी : २०७६र०६र२१ गते बिहान अं.०३ः०० बजे जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको सन्युक्त सरप्राइज चेकिङ प्रहरी टोलीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नं. को ट्रक प्रहरी चेकिङ टोलीलाई देखी बिच बाटोमा नै रोकी छोडी चालक सह(चालक समेत भागेकोले शंका लागी उक्त ट्रक प्रहरीले चेकजाँच गर्दा ट्रकको पछाडी ढालामा लुकाई छिपाई राखेको अवस्थामा ७ ओटा बोरामा १४ पोका (१४७ किलो ग्राम) अवैध लागू औषध गाँजा फेला परेको हुँदा फेला परेको अवैध लागू औषध गाँजा र ट्रक रीतपूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याई उक्त कार्यमा संलग्न भई फरार रहेका व्यक्तिको खोजतलास लगायतको थप अनुसन्धान कार्य भइरहेको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

त्यसैगरि : अवैध रूपमा लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको सन्युक्त प्रहरी टोलीले जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.३ स्थित बुलेट इँट्टा उद्योगमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१७ ब्रह्मपुरी टोल बस्ने रामकृत राउत अहिरको छोरा ना ७ ख ४२५२ नं. को ट्रक चालक वर्ष २५ को सुवोध प्रसाद यादव , जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.४ लौतन टोल बस्ने महमद देवानको छोरा वर्ष ६२ समसुलहक देवान र जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.७ बस्ने सुब बहादुर राईको छोरा वर्ष ४५ को लक्ष्मी बहादुर राईले चितवन जिल्लाको लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको अवैध लागु औषध गाँजाका पोकाहरू ट्रकबाट झारी लुकाई छिपाई राख्ने उदेश्यले भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा फेला पारी ट्रक समेतको तलासी गर्ने क्रममा ९ वटा बोरा भित्र (१२५ किलो ग्राम) अवैध लागु औषध गाँजा फेला परेकाले उक्त अवैध लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको ना ७ ख ४२५२ नम्बरको ट्रक तथा प्र.न.२(०३(००१ प ( ९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

जिल्लामा युवायुवतीहरू पछिल्लो समयमा चरेस, ब्राउन सुगर र ट्याब्लेटजस्ता लागुऔषध दुव्र्यसनीमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसारमा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरू सक्रिय रूपमा खटिएका छन् । उनीहरूलाई लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिइएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

अघोषित रूपमा बारा जिल्लालाई लागुऔषध निषेधित जिल्ला बनाउने अभियानमा नेपाल प्रहरी लागेको छ । लागुऔषध सेवनकारी र कारोबारी बढ्दै गएपछि प्रहरी कठोर रूपमा प्रस्तुत भएको र दिनरात नभनी नाका र शंकास्पद स्थानमा चेकजाँच बढाएको पनि प्रहरीले बताएको छ । विगत वर्षहरूमा भन्दा अहिले प्रहरीले सकारात्मक काम गर्दै गएको र युवाहरूलाई दुव्र्यसनीबाट बचाउन सक्रियता बढाएकोमा स्थानीय रमेश साह खुसी व्यक्त गर्छन् । उनी भन्छन्, ‘विगतमा बारामा लागुऔषधको कारोबार शून्य हुने गरे पनि बारामा गाडीको सहजतासँगै लागुऔषधका नयाँनयाँ प्रकार भित्रिएकोले अझै सुरक्षा निकायले जिल्लामा भित्रने मालबाहक र यात्रुवाहकमा जाँच बढाउनुपर्छ ।’

प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी

आखिर विगत वर्षहरू भन्दा यो वर्षमा किन घटनाका परिमाण धेरै भए त यो प्रश्न प्रनाउ साहमाथि तेस्र्याउँदा उनले प्रहरी र समुदाय बीचको सम्बन्ध विगत वर्षहरूभन्दा प्र्रगाढ हुन र प्रहरीको काम कारबाहीहरू समुदायसँग मिलेर गर्दाको परिणाम भएको पंगेनीले बताए । गृह मन्त्रालयको कार्ययोजना अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम टोलदेखि जिल्लास्तरसम्म सञ्चालित छ । प्रत्येक समितिमा स्थानीयहरूको सहभागिता छ ।

समुदायको पनि साथ

अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ । समुदाय प्रहरी साझेदारीले गाउँघर कतै झैझगडा, अस्वाभाविक क्रियाकलाप र लागुऔषधको कारोबार भएमा स्थानीय समितिका सदस्यहरूले सिधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभिन्न अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन सहज भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारा जिल्लामा गाउँ , सहर , वडा, विद्यालय पालिका र जिल्लास्तरीय समिति गठन भएका छन् । प्रत्येक दिन ती समितिसँग मिलेर नेपाल प्रहरीले केही न केही सामुदायिक र जनचेतनामुलक कार्यक्रम गरिरहेको छ । गत माध यता समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला भरी विभिन्न किसिमका सचेतना कार्यक्रम सयौं वटा कार्यक्रमहरू भएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh