पंगेनी काठमाडौ उपत्यकाको काठमाडौ प्रहरी परिसर, थानकोट र अख्तियार जस्ता स्थानमा समेत बसेर कुशल कार्य शैली प्रदर्सन गरेका थिए ।
- बारा : कार्तिक १९ गते बुधबार ।।
- आलोक यादव
अपराध अनुसन्धानमा पोख्त प्रहरी अधिकृतको रूपमा परिचित प्रहरी उपरीक्षक ( एसपी ) कृष्ण पंगेनीले जिल्ला प्रहरी कार्यालय बारामा २६ माघबाट कमान्ड सम्हाले ।
पंगेनी काठमाडौ उपत्यकाको काठमाडौ प्रहरी परिसर, थानकोट र अख्तियार जस्ता स्थानमा बसेर कुशल कार्य शैली, अपराध अनुसन्धानमा पोख्त सिनियर अधिकृत हुन् ।
बारा आउन साथ पंगेनीले पहिलो प्राथमिकतामा भारतीय सीमाबाट भित्रने लागुऔषधको ‘मेन नेक्सस’ तोड्ने योजना बनाए ।
प्रहरी उपरिक्षक पंगेनीले बारा प्रहरी नेतृत्व समाले यता जिल्लामा विभिन्न घटनाका लामो समयदेखी फरार अपराधीहरुलाई पक्राउ गर्ने, लागुऔषध नियन्त्रण, महिला हिंसा तथा बालबालिकाको संरक्षणका लागि जनचेतना जगाउने कार्यक्रम गरेर उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।
उनी बारामा आए लगतै लामो समयदेखी फरार पत्रकार विरेन्द्र साहका हत्याका योजनाकार कुन्दन फौजदारलाई पक्राउ गरेका थिए । झण्डै आधा दर्जन प्रहरी प्रमुखहरुले पक्राउ गर्न नसकेको अपराधीलाई प्रहरी उपरिक्षक पंगेनीले पक्राउ गरेर कर्तव्य निष्ट प्रहरीको भुमिका निर्वाह गरेका थिए । तस्तै बारा आएको केही महिना नवित्दै अर्का अपराधी जो पत्रकार साहकै हत्यारा हरेराम पटेललाई समेत पक्राउ गर्न सफल भएका थिए ।
प्रहरी उपरिक्षक पंगेनीको बारामा आगमन भएपश्चात जिल्लाको विभिन्न घटनाहरुका धेरै वर्ष देखि फरार रहेका अभियुक्तहरु पक्राउ परेका छन । जिल्लाको प्रहरी प्रमुखको नेतृत्व सम्हाले देखि नै जिल्लामा शान्ति सुरक्षामा सुधार आएकै कारण एक कुशल सुरक्षाकर्मीको रुपमा आम बारा बासीको मन जित्न सफल भएका छन् ।
धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको विशेष टोलीले जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं.२ स्थित सिमरा चोकमा पैदल यात्रु तथा सबारी साधनहरु चेक जाँच गर्ने क्रममा राती अं.२२:०० बजे वीरगंज देखि बनेपाको लागि छुटेको ना.६.ख.९०९९ नं. को यात्रुबाहक बस तथा सवार यात्रु समेतको चेक जाँच गर्ने क्रममा बसभित्र यात्रु सिटको माथि सामान राख्ने -याकमा पिठ्युमा भिड्ने झोला भित्र नुर्फिन १,००० पिस, फेनारगन १,००० पिस र डाइजेपाम १,००० पिस गरी जम्मा ३,००० एम्पुल अवैध लागू औषध लुकाई छिपाई राखेको अवस्थामा फेला पारी अवैध लागू औषध कारोबारमा संलग्न सो बसका सह चालक जिल्ला बारा देवताल गाउँपालिका वडा न.०५ घर भई हाल जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१८ नेश्नल मेडिकल कलेज छेउमा डेरा गरी बस्ने बर्ष २१ को अमित कुमार नुनियालाई पक्राउ निजलाई लागू औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच) को म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिनु भयो।
त्यसैगरी : २०७७/०७/१४ गते अं.०६:०० बजे जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी बेल्दारीबाट खटीएको सन्युक्त गस्ती टोलीले जिल्ला बारा पचरौता न.पा.वडा नं.४ बेल्दारी टोल स्थित नेपालबाट भारततर्फ साइकल चलाई जाँदै गरेका जिल्ला बारा पचरौता न.पा.वडा नं.३ रामनगर बस्ने बिरलाल यादबको छोरा बर्ष २० को बिनोद यादबलाई शरिरमा लुकाई छिपाई राखेको अवैध लागूऔषध अफिम २ के.जि. र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवैध लागू औषध गाँजा २ के.जि. सहित फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
त्यसैगरी : मिति २०७७/०७/०५ गते बिहान अं.०९:३० बजे जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.०२ स्थित तराई धर्मकट्टा अगाडि वीरगंज पथलैया सडक खण्डमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको सन्युक्त प्रहरी टोलीले सवारी साधन तथा यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नं.को यात्रु बाहक बसमा सवार यात्रु तथा सामानहरु चेकजाँच गर्ने क्रममा बसको पछाडि सिटमा बसेका जिल्ला रौतहट साबिक गा.वि.स.बसविटी जिंगडीया वडा नं.१ हाल गरुडा नगरपालिका वडा नं.८ बस्ने राम एकवाल महराको छोरा वर्ष २७ को हरि रामलाई ५ (पाँच) वटा पोका भित्र नाईट्राभेट-१० लेखिएको ५० (पचास) पत्तामा जम्मा १५००/-(पन्ध्र सय) पिस ट्याबलेट र १७ पोकामा नुफिन लेखिएको ८५०।– (आठ सय पचास) पिस, फेनारगन लेखिएको ८५०।– (आठ सय पचास) पिस र डाईजेपाम लेखिएको ८५०।- (आठ सय पचास) पिस गरी जम्मा २,५५०।– (पच्चिस सय पचास) एम्पुल अवैध लागू औषध आफ्नो साथमा बोकि ल्याएको झोला भित्र लिकाई छुपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनु भयो ।
त्यसैगरी : २०७६/०६/२१ गते बिहान अं.०३:०० बजे जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको सन्युक्त सरप्राइज चेकिङ प्रहरी टोलीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नं. को ट्रक प्रहरी चेकिङ टोलीलाई देखी बिच बाटोमा नै रोकी छोडी चालक सह-चालक समेत भागेकोले शंका लागी उक्त ट्रक प्रहरीले चेकजाँच गर्दा ट्रकको पछाडी ढालामा लुकाई छिपाई राखेको अवस्थामा ७ ओटा बोरामा १४ पोका (१४७ किलो ग्राम) अवैध लागू औषध गाँजा फेला परेको हुँदा फेला परेको अवैध लागू औषध गाँजा र ट्रक रीतपूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याई उक्त कार्यमा संलग्न भई फरार रहेका व्यक्तिको खोजतलास लगायतको थप अनुसन्धान कार्य भइरहेको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
त्यसैगरी : अवैध रूपमा लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको सन्युक्त प्रहरी टोलीले जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.३ स्थित बुलेट इँट्टा उद्योगमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.१७ ब्रह्मपुरी टोल बस्ने रामकृत राउत अहिरको छोरा ना ७ ख ४२५२ नं. को ट्रक चालक वर्ष २५ को सुवोध प्रसाद यादव , जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.४ लौतन टोल बस्ने महमद देवानको छोरा वर्ष ६२ समसुलहक देवान र जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.७ बस्ने सुब बहादुर राईको छोरा वर्ष ४५ को लक्ष्मी बहादुर राईले चितवन जिल्लाको लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको अवैध लागु औषध गाँजाका पोकाहरू ट्रकबाट झारी लुकाई छिपाई राख्ने उदेश्यले भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा फेला पारी ट्रक समेतको तलासी गर्ने क्रममा ९ वटा बोरा भित्र (१२५ किलो ग्राम) अवैध लागु औषध गाँजा फेला परेकाले उक्त अवैध लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको ना ७ ख ४२५२ नम्बरको ट्रक तथा प्र.न.२-०३-००१ प – ९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
जिल्लामा युवायुवतीहरू पछिल्लो समयमा चरेस, ब्राउन सुगर र ट्याब्लेटजस्ता लागुऔषध दुव्र्यसनीमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसारमा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरू सक्रिय रूपमा खटिएका छन् । उनीहरूलाई लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन निर्देशन दिइएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।
अघोषित रूपमा बारा जिल्लालाई लागुऔषध निषेधित जिल्ला बनाउने अभियानमा नेपाल प्रहरी लागेको छ । लागुऔषध सेवनकारी र कारोबारी बढ्दै गएपछि प्रहरी कठोर रूपमा प्रस्तुत भएको र दिनरात नभनी नाका र शंकास्पद स्थानमा चेकजाँच बढाएको पनि प्रहरीले बताएको छ । विगत वर्षहरूमा भन्दा अहिले प्रहरीले सकारात्मक काम गर्दै गएको र युवाहरूलाई दुव्र्यसनीबाट बचाउन सक्रियता बढाएकोमा स्थानीय रमेश साह खुसी व्यक्त गर्छन् । उनी भन्छन्, ‘विगतमा बारामा लागुऔषधको कारोबार शून्य हुने गरे पनि बारामा गाडीको सहजतासँगै लागुऔषधका नयाँनयाँ प्रकार भित्रिएकोले अझै सुरक्षा निकायले जिल्लामा भित्रने मालबाहक र यात्रुवाहकमा जाँच बढाउनुपर्छ ।’
प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी
आखिर विगत वर्षहरू भन्दा यो वर्षमा किन घटनाका परिमाण धेरै भए त यो प्रश्न प्रनाउ साहमाथि तेस्र्याउँदा उनले प्रहरी र समुदाय बीचको सम्बन्ध विगत वर्षहरूभन्दा प्र्रगाढ हुन र प्रहरीको काम कारबाहीहरू समुदायसँग मिलेर गर्दाको परिणाम भएको पंगेनीले बताए । गृह मन्त्रालयको कार्ययोजना अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम टोलदेखि जिल्लास्तरसम्म सञ्चालित छ । प्रत्येक समितिमा स्थानीयहरूको सहभागिता छ ।
समुदायको पनि साथ
अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ । समुदाय प्रहरी साझेदारीले गाउँघर कतै झैझगडा, अस्वाभाविक क्रियाकलाप र लागुऔषधको कारोबार भएमा स्थानीय समितिका सदस्यहरूले सिधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभिन्न अपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण लिन सहज भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !