- मोरङ : कार्तिक १९ गते बुधबार ।।
- जनप्रभाब न्यूज
मोरङ जिल्लाको पथरीमा लामो समयदेखी ओम साई अटो टेर्डस नामक व्यावसाय गर्र्दै आएका व्यावसायी शम्भु बुढाथोकी पक्राउ परेका छन् ।
बुढाथोकीले मंगलवार कानेपोखरी-७ स्थित लोकमार्गबाट वन्य जन्तु चित्तलाई आफ्नो गाडीमा राखेर पथरी तर्फ हुइकिदै गर्दा कानेपोखरी र पथरीशनिश्चरेको सिमाना स्थित मोरङगी खोलाको पुलमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गिरीले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी दिलिप कुमार गिरीका अनुसार-“मंगलवार अन्दाजी दिनको १२ः४० बजेको समयमा प्राप्त सुचनाका आधारमा निज बुढाथोकीले चलाएको प्रदेश १-०२००२ च ३७०० नं. को कालो महेन्द्रा ९जिप० गाडीमा राखेर ल्याउदै गरेको खबर प्राप्त भएपछि उनी सहित गाडीलाई नियन्त्रणमा लिइएको होे ।”
आवश्यक कानुनी कार्वाहीका लागि कानेपोखरी सव-डिभिजन वन कार्यालय कानेपोखरीलाई जिम्मा लगाएको गिरीले बताए । पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन बन कार्यालय बेलवारीमा राखिएको बताईएको छ ।
तिन वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजी जति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए ।
मृत चित्तलको बुधवार पोष्टर्माटम गरेपछि थप कुराहरु बाहीर आउने यादवले बताए । बुधवार आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने र बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !